नर्सिङका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ २०८२ मा भर्ना हुन आएका नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य र सरसफाइमा गरेको रुपान्तरणले आज देशकै नमुना नगरपालिका बन्न सफल भएको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा राष्ट्रिय स्तरमै सेवा उपलब्ध गराउँदै आएको बताउँदै उहाँले विभिन्न चुनौतीहरु पार गर्दै नगरपालिकाले कलेज र अस्पताल स्थापना गरेको स्मरण गर्नुभयो । विद्यार्थी जीवनमा हुने सानो गल्ती र हेलचेक्र्याइँले विद्यार्थीको जीवन संकटमा पुग्न सक्नेतर्फ सचेत पार्दै उहाँले आफ्नो भविष्य अरुले होइन, आफैले बनाउने हो भन्नुभयो । नगरपालिकालाई आमनिर्भर बनाउने बाटोमा अग्रसर भइरहेको बताउँदै उहाँले सरकारले जनतालाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिन नसक्दा युवाहरु विदेशिने क्रम झन् बढिरहेको प्रष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयले गरिब जनताका छोराछोरीहरुले सस्तोमा गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य राखेको बताउँदै नगर प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय सम्बन्धन दिने विषयमा सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको बताउनुभयो । उपप्रमुख रजनी जोशीले नर्सिङ पेशा विशुद्ध बिरामीहरुको सेवासँग जोडिएको संवेदनशील विषय भएको बताउँदै नर्सहरु आफ्नो कर्तव्य र दायित्वबाट सुसूचित हुनुपर्ने बताउनुभयो । उहाँले नर्सिङका विद्यार्थीहरुले आफ्नो अध्ययन सँगसँगै अस्पतालमा र समुदायमा गरेर जनतासँग नजिक बसेर काम गर्ने अवसर पाउने बताउँदै नपाबाट सञ्चालित सातवटै कलेजहरुको उद्देश्य जनताको सेवा गर्नु हो भन्नुभयो । भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले ख्वप सर्कलका शैक्षिक सस्थाहरुको अभिभावकत्व ग्रहण गरिरहेको बताउँदै शिक्षि, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो । उहाँले ख्वप सर्कल अन्तर्गतका कलेजहरु स्थापनामा धेरै संघर्ष गर्नुपरेको प्रसंग जोड्दै ख्वप नर्सिङ कलेजले विद्यार्थीहरुलाई शिक्षा सँगसँगै सीप, व्यवहार सिकाउँदै अवसर र चुनौतीहरुको सामना गर्न अब्बल बनाउने बताउनुभयो । ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले संस्था स्थापनाको उद्देश्यबारे मनन गरेर अगाडि बढन्पर्नेमा जोड दिँदै अध्ययनको सिलसिलामा विदेशिने विद्यार्थीहरु पढाइ सकेर देशमै फर्कने अठोट गर्न सक्नुपर्छ भन्नुभयो । कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले विद्यार्थीहरुले आफ्नो अध्ययन पूरा गरिसकेपछि आफ्नो दक्षताअनुसारको सेवा गर्ने लक्ष्य राख्नुपर्ने बताउँदै विद्यार्थी ख्वपको गहना र गौरव हो भन्नुभयो । उक्त कार्यक्रममा नर्सिङका विभागीय प्रमुख इश्वरी डंगोलले नर्सिङ पेशामा आबद्ध हुनेहरुमा बिरामीको सेवा गर्ने भावना हुनुपर्ने, शिक्षिका मुना लवजूले संस्था सञ्चालन र विद्यार्थीहरुको वृत्ति विकासमा विद्यार्थी, अभिभावक, शिक्षक र सञ्चालक समितिको संयुक्त पहल आवश्यक भएको बताउनुभयो  

Read More

इन्डोनेसियाली प्रहरीले जारी विरोध प्रदर्शनमा विश्वविद्यालय क्याम्पसहरूमा अश्रुग्यास प्रयोग

इस्लामिक युनिभर्सिटी अफ बान्डुङको विद्यार्थी संगठनले सुरक्षा अधिकारीहरूले क्याम्पसमा अश्रुग्यासले ‘क्रूर आक्रमण’ गरेको बताएको छ। इन्डोनेसियाको पश्चिम जाभा प्रान्तको बान्डुङमा सरकारको खर्च प्राथमिकताहरू, जस्तै सांसदहरूको लागि बढाइएको भत्ताको विरोधमा प्रदर्शनकारीहरूले क्षेत्रीय संसद भवनको गेटमा बाँसको लाठी फ्याँकेर ब्यानरहरू जलाए।   इन्डोनेसियाली प्रहरीले दुई विश्वविद्यालयहरू नजिकै प्रदर्शनकारीहरूको भीडमा अश्रुग्यास प्रयोग गरेको विद्यार्थी समूह र अधिकारीहरूले बताएका छन्, सरकारी खर्चलाई लक्षित गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन र प्रहरीको कारले ठक्कर दिएर मोटरसाइकल ट्याक्सी चालकको मृत्युपछि बढ्दो आक्रोशको बीचमा।   मंगलबार, अधिकारीहरूले राजधानी जकार्ताबाट १४० किलोमिटर (८६ माइल) भन्दा बढी पश्चिममा रहेको इस्लामिक युनिभर्सिटी अफ बान्डुङ (UNISBA) र नजिकैको पासुन्डन युनिभर्सिटीको क्याम्पस वरिपरि अश्रुग्यास परिचालन गरेका छन्। पासुण्डन विद्यार्थी मुहम्मद इल्हामले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार अधिकारीहरूले क्याम्पसको गेट बाहिरबाट अश्रुग्यासका क्यानिस्टरहरू र रबरका गोलीहरू प्रहार गरेका थिए।   “रबरको गोली लागेर एक विद्यार्थी घाइते भएका थिए, दुई गोली,” उनले भने।   आर्थिक मामिला समन्वय मन्त्री एयरलाङ्गा हार्टार्टोले सोमबार भने, गत हप्तादेखि भएको विरोध प्रदर्शनमा कम्तिमा आठ जनाको मृत्यु भएको छ।   प्रहरी अधिकारी हेन्द्रा रोचमावानका अनुसार, अधिकारीहरूले मंगलबार क्याम्पसमा प्रवेश गरेनन् तर विश्वविद्यालय परिसर भित्र सुरक्षा खोजिरहेका गैर-विद्यार्थी प्रदर्शनकारीहरूको भीडलाई तितरबितर पार्ने प्रयास गरे।   UNISBA रेक्टर हारित्स नु’मानले प्रहरीको भनाइलाई दोहोर्‍याए र क्याम्पसलाई प्रदर्शनकारीहरूको लागि चिकित्सा केन्द्रको रूपमा प्रयोग गरिएको पुष्टि गरे।   तैपनि, UNISBA विद्यार्थी संगठनले सुरक्षा बलहरूलाई असहमतिलाई शान्त पार्न खोजेको आरोप लगाउँदै भन्यो कि उनीहरूले क्याम्पसमा “क्रूरतापूर्वक आक्रमण” गरे किनभने अश्रुग्यासले केही विद्यार्थीहरूलाई श्वासप्रश्वासमा समस्या भएको थियो।   सामूहिक अशान्ति मध्य जकार्तामा मोटरसाइकल ट्याक्सी चालकहरूको भीडबाट रिपोर्ट गर्दै, उनीहरूले प्रदर्शनको क्रममा बख्तरबन्द प्रहरी गाडीको ठक्करबाट मारिएका २१ वर्षीय चालकको सम्मानमा भेला भएको बताए।   “तिनीहरू हजारौं छन्। उनीहरूले शान्तिपूर्ण भेलाको शक्ति प्रदर्शन गर्न भन्छन् ताकि उनीहरूले आफ्ना सहकर्मीलाई सम्मान गर्न सकून्, कि उनीहरूले आर्थिक असमानता सहित आफ्ना विभिन्न मागहरू पूरा गर्न सकून् र शान्तिपूर्ण रूपमा यो गर्न सकून्,” वाशिंगटनले भनिन्।   उनले थपिन् कि इन्डोनेसियाका धेरै नागरिक समाज समूहहरूले हाल जकार्तामा हिजो राति पक्राउ परेका एक नागरिक समाज नेताको बारेमा “अलार्म उठाइरहेका” थिए।   महिला समूहहरूको गठबन्धनद्वारा आयोजित जकार्तामा संसद बाहिर मंगलबार थप विरोध प्रदर्शन हुने अपेक्षा गरिएको छ।   गत हप्तादेखि विरोध प्रदर्शन सुरु भएदेखि, बेपत्ता पारिएका र हिंसा पीडित आयोग (कोन्ट्राएस) का अनुसार, सांसदहरूले गरेको अत्यधिक खर्च र प्रहरी हिंसाका कारण क्रोध बढ्दै जाँदा कम्तिमा २० प्रदर्शनकारीहरू बेपत्ता भएका छन्।   समूहले जाभा टापुको बान्डुङ र डेपोक शहरहरू र मध्य जकार्ता, पूर्वी जकार्ता र उत्तर जकार्ताका प्रशासनिक शहरहरूमा २० जना बेपत्ता भएको रिपोर्ट गरेको छ।   विश्वविद्यालयका विद्यार्थीहरूलाई लामो समयदेखि इन्डोनेसियाको लोकतन्त्रको अग्रदूत मानिन्छ, १९९८ मा राष्ट्रपति सोहार्तोलाई अपदस्थ गर्न मद्दत गर्ने विरोध प्रदर्शनहरूमा अग्रणी भूमिका खेलेका थिए।   सोहार्तोको नेतृत्वमा सैन्य नेता, वर्तमान राष्ट्रपति प्रबोवो सुबियान्तोले आफ्नो नेतृत्वको पहिलो ठूलो परीक्षाको सामना गरिरहेका छन्। उनले श्रमिक युनियनहरूलाई भेटे, जसमध्ये केहीले गत हप्ताको न्यूनतम ज्याला वृद्धिको लागि भएको विरोध प्रदर्शनमा सामेल भएका थिए, र उनले सांसदहरूलाई श्रम कानूनहरू छलफल गर्न भने, उनको कार्यालयको एक विज्ञप्ति अनुसार।   इन्डोनेसियालीहरूले विरोधको प्रतिक्रियामा आफ्नो सामाजिक सञ्जाल प्रोफाइल तस्वीरहरूमा गुलाबी र हरियो रंग थपेका छन्, केहीले #ResetIndonesia ह्यासट्याग प्रयोग गर्दै सरकारको लागि आफ्नो मागहरू रेखांकित गरेका छन्।  

Read More

जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रूपमा विकास गर्ने कोसिस

केही वर्ष अघिदेखि भक्तपुर नगरपालिकाले पुस्तकालय दिवस मनाउँदै आएको छ । आधुनिक प्रविधिको विकाससँगै युवाहरू मोबाइलमा व्यस्त हुन थालेको र मोबाइलमै धेरै पुस्तकहरू पाइने भएकोले युवा विद्यार्थीहरू पुस्तकालयमा आउने क्रममा कमी हुँदै गएको सबैले अनुभव गरेकै विषय हो । भक्तपुर नपाले पुस्तकालय दिवस मनाउनुको अर्थ नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न हो । पुस्तकालय ज्ञानको भण्डार भएकोले समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्छ । जहाँ पुस्तकालयहरूको विकास हुन्छ, त्यहाँको समाज अगाडि बढेको हुन्छ । पुस्तकालयको अवस्थाले समाजको अवस्था थाहा पाउन मद्दत गर्छ । विगतको इतिहास हेर्ने हो भने राणाहरू, सामन्तहरू, विकास विरोधीहरू पुस्तकालयप्रति सकारात्मक थिएनन् । वि.सं. १९८७ सालको कुरा हो । आजभन्दा ९५ वर्षअघि नेपालमा सार्वजनिक पुस्तकालय खोल्न केही युवाहरूले अगुवाइ गरे । राणाशासनमा त्यो सम्भव थिएन । जनतामा राजनैतिक चेतना फैलाउने हरेक कामलाई उनीहरू अपराध ठान्थे । त्यतिबेला चित्तधर हृदय, धर्मराज थपलिया, कृष्णप्रसाद कोइरालाहरूले तत्कालीन प्रधानमन्त्री भीम शमशेरसँग अनुमतिको लागि निवेदन दिए । भीम शमशेरले राजनैतिक उद्देश्यले पुस्तकालय खोल्न लागेको आरोप लगाएर ती सबैलाई थुन्ने र ‘आयन्दा यस्तो काम गर्ने छैनौँ’ भनी कागज गराई प्रतिव्यक्ति रु. १००।– का दरले जरिवाना गरी छाडेको इतिहास पढ्न पाइन्छ । त्यतिखेर १००।– रुपैयाँ भनेको निकै ठुलो रकम हो । विकासको गतिलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयासजत्तिकै असम्भव थियो । जनतामा राजनैतिक चेतनास्तरको विकाससँगै नेपालमा १०४ वर्षे जहाँनिया शासनको पनि अन्त्य भयो । प्रजातन्त्रको स्थापनासँगै जिल्ला जिल्ला र टोल टोलमा पुस्तकालयहरू खुल्न थालियो । पुस्तकालयहरू ज्ञानको ज्योति फैलाउने केन्द्रको रुपमा विकास हुन थाले । प्राध्यापक, शिक्षक, बुद्धिजीवी, युवा विद्यार्थी सबैको आकर्षणको केन्द्र बनेको थियो— पुस्तकालय । अन्तर्राष्ट्रिय घटनाहरू, देशको समसामयिक राजनैतिक विषयहरू, अन्य सामाजिक—राजनैतिक विषयमा छलफल गर्ने ठाउँ थियो —पुस्तकालय । तर, आधुनिक प्रविधिको विकाससँगै त्यसमा कमी आएको छ । यो चिन्ताको विषय हो । हाल नेपालमा ९ सय भन्दा बढी पुस्तकालय रहेको तथ्याङ्क भए पनि मुस्किलले २ सय वटा जति चलेको र अझ कतिपय पुस्तकालयहरू आर्थिक अभाव र पढ्न आउने व्यक्तिहरू कम भएकोले बन्द हुँदै गएको हामी सुन्दै छौँ । यसबारे भक्तपुर नगरपालिका भने सचेत छ । २०७४ सालमा पहिलो कार्यकालको लागि हामी निर्वाचित भएको बेला भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय दरबार क्षेत्रको एउटा सानो भवनमा सञ्चालित थियो । निर्वाचन घोषणापत्रमा शिक्षा विषयमा एउटा बुँदा थियो — ‘जनज्योति पुस्तकालयलाई देशकै नमुना पुस्तकालय बनाउने !’ त्यो महत्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा थियो । हामी त्यसमा केन्द्रित भएर काम गयौँ । हामीले उपयुक्त ठाउँको खोजी गर्ने क्रममा देको–मिवा–इटापाके आवास योजना रहेको कार्यालय रहेको भवनलाई उपयुक्त देख्यौँ र त्यहीं सार्ने निर्णय ग¥यौँ । २०७९ सालको निर्वाचन घोषणापत्रमा जनज्योति पुस्तकालयलाई विद्युतीय पुस्तकालयको रुपमा विकास गर्ने उल्लेख थियो । निर्वाचित भएकै दुई वर्षभित्रै त्यो काम पनि पूरा ग¥यौँ । अहिले धेरै बुद्धिजीवीहरू, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू, शोधकर्ताहरू पुस्तकालयमा अध्ययन गरिरहेको पाउँदा खुसी लाग्छ । निर्वाचनमा जनतालाई दिएको वचनअनुसार कार्यहरू गरेकोमध्ये त्यो पनि एक महत्वपूर्ण कार्य हो । अहिले देशका विभिन्न पालिकाका मेयर, उपमेयर, सांसद, मन्त्रीहरू आउनुहुन्छ; पुस्तकालयको भ्रमण गर्नुहुन्छ र व्यवस्थित पुस्तकालय सञ्चालनको अवस्था देखेर सकारात्मक टिप्पणी गर्नुभएको पाएका छौँ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालन पनि पालिकाहरूको कामको रूपमा उल्लेख गरेपछि हामीले नगरका पुस्तकालय, वाचनालयहरूका अभिलेख तयार ग¥यौँ, बैठकहरू राख्यौँ र समिति बनाएर सबै पुस्तकालयबारे जानकारी लियौँ । त्यसको आधारमा आर्थिक, भौतिक सुधारको लागि सहयोग पनि ग¥यौँ तर आशा गरेअनुसारको पुस्तकालय सञ्चालनमा सुधार भएको भने पाएनौँ । विकास भनेको चौडा चौडा सडक, अग्ला अग्ला आकाश छुने घरहरू, भ्यु टावरहरूको निर्माण मात्र होइन । धेरै पालिकाहरूले त्यसैलाई विकासको रूपमा परिभाषित गर्दैछन् । तर, भक्तपुर नगरपालिकाले भने मानिसको चेतनास्तरको विकासलाई पहिलो विकासको मापदण्ड मानेर काम गरिरहेको छ । भौतिक र मानसिक विकाससँगै भक्तपुरलाई विकास गर्ने सोचले भक्तपुर नगरपालिकाले काम गरिरहेको छ । अध्यक्ष रोहितले आजभन्दा दुई दशकअगाडि भक्तपुरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने घोषणा गर्नुभएको थियो । धेरैको लागि त्यो अपत्यारिलो थियो । आज विभिन्न कलेजहरूको सञ्चालन र विद्यालयमा गुणस्तरीय शिक्षाले त्यो साकार हुँदै गइरहेको देख्न सकिन्छ । भनपाले शैक्षिक विकासको निम्ति सक्दो सहयोग गरिरहेको छ । लेखक, साहित्यकार, कलाकारहरूलाई जीवन्तता दिने ठाउँ पनि पुस्तकालय नै हो । पुराना पुराना, प्राचीन कालका दस्ताबेजहरू पुस्तकालयमा सङ्ग्रह गरिएका हुन्छन् । तर, हामीले दुःखका साथ भन्नुपर्छ वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा साकोठामा अवस्थित पुस्तकालय जलाइदिएको कारण धेरै पुराना दस्ताबेजहरू समाप्त भएको अध्ययन गर्छौँ । त्यहाँ नालन्दा विश्वविद्यालय, विक्रमशील विश्वविद्यालय, सिम्रौनगढ राज्यबाट ल्याइएका बहुमूल्य हिन्दू र बौद्ध ग्रन्थहरू थिए भन्ने पढ्न पाइन्छ । त्यहाँका पुस्तक मात्र जलेका होइनन् कैयौँ प्राचीन इतिहास पनि समाप्त भए । त्यतिखेर भक्तपुरका ५ सय घरहरू ध्वस्त भएका र २ हजार मानिसहरू मारिएको कुरा विश्वमोहन जोशीले लेखेको ‘ख्वपको राजनैतिक इतिहास’बारे लेखमा उल्लेख गर्नुभएको छ । आज चीन विश्वको दोस्रो अर्थतन्त्र भएको देशको रुपमा अगाडि बढ्दै छ । आजभन्दा ६५ वर्षअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (सन् १९६०) मा चीनको पेकिङ पुस्तकालय भ्रमण गर्नुभएको ‘चीन भ्रमण’ पुस्तकमा उल्लेख गर्नुभएको छ । त्यस पुस्तकालयमा ‘माक्र्स एङ्गेल्सका हस्तलिखित रचनाहरू, चाउ एन लाइद्वारा सम्पादित पुस्तकहरूलगायत ६५ भाषाका पुस्तकहरू रहेको उल्लेख छ । ४ सय जनाभन्दा बढी कर्मचारीहरू बिहान ९ः३० देखि राती ८.०० बजेसम्म सञ्चालन हुने उल्लेख छ । हामी आज पनि त्यो तुलनामा धेरै पछि छौँ । हाम्रा कलेजका पुस्तकालय कर्मचारी, साथीहरू, टोल टोलका पुस्तकालय र वाचनालय सञ्चालक सम्पूर्णमा हाम्रो आग्रह छ । पुस्तकालय र वाचनालयलाई व्यवस्थित रुपमा सञ्चालन गरौँ ! संसारमा नयाँ नयाँ पुस्तकहरू के कस्ता प्रकाशित भएका छन्, नेपाली लेखकहरूले प्रकाशित गरेका नयाँ नयाँ पुस्तकहरू कुन कुन छन् त्यसबारे छलफल र अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरेर युवा पुस्ताबिच पठन संस्कृतिको विकासमा जोड दिऔँ  

Read More

आर्थिक अवस्था कमजोर विद्यार्थीलाई उच्च शिक्षाको सहजताको लागि शैक्षिक ऋणको व्यवस्था

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका नगरबासीहरुका सन्तानहरुलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्न कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण दिने व्यवस्था गरेको बताउनुभयो । भनपा वडा नं. ७ कार्यालयबाट आयोजित शैक्षिक ऋण लिई उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दे प्रमुख प्रजापतिले प्रत्येक विद्यार्थीहरुले आआफ्नो विषयमा विशेषज्ञता हासिल गरी देश र समाजको सेवामा लाग्ने आशा व्यक्त गर्नुभयो । सरकारी विद्यालय र कलेजहरुको शैक्षिक गुणस्तर कमजोर हुनुको कारण सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिनुले हो भन्दै उहाँले २७ हजार विद्यालयमा १५ हजार बढी विद्यालयमा १०० भन्दा कम विद्यार्थी हुन ५०० भन्दा बढी कलेजहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्नु शिक्षा क्षेत्रमा सरकारको असफलता हो भन्नुभयो । ‘भक्तपुरमा पहिले शैक्षिक क्षेत्र निकै कमजोर थियो । यहाँका समाजका अगुवाहरु र स्थानीय जनता, जनप्रतिनिधिको पहलमा आजको अवस्थामा पुगेको हो । भक्तपुरको शैक्षिक र समग्र विकासको किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र विभिन्न आन्दोलनमा भाग लिने जनताको महत्वपूर्ण योगदान छ’— उहाँले भन्नुभयो । पार्टी भनेको मान्छेको भिड नभई विचार र सिद्धान्तको आधारमा आदर्श समाज निर्माणको लागि संगठित जनताको जमात भएको बताउँदै उहाँले भनपामा नेमकिपाका कार्यकर्ताहरु जितेको कारण पार्टीको नीति तथा सिद्धान्त अनुसार जनताको हितमा काम भइरहेको उल्लेख गर्नुुभयो । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शैक्षिक ऋण दिएर नगरपालिकाले विद्यार्थीहरुलाई गुण लगाएको हुँदा पढाइ सकेपछि नेपालमै बसेर समाजको इमानदारीपूर्वक सेवा गरेर गुण तिर्नुपर्ने बताउनुभयो । शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा विद्यार्थीहरुले त्यसको सही प्रयोग गर्नुपर्नेतर्फ ध्यानाकर्षण गर्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघका सचिव दिनेश खड्गीले भनपाले शैक्षिक ऋण उपलब्ध गराउनु अत्यन्त सराहनीय कार्य भएको र इतिहास, भूगोल जस्ता विषयमा छात्रवृत्तिको व्यवस्थाले भक्तपुरका धेरै विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो । शैक्षिक ऋण लिएर नर्सिङ उत्तीर्ण गरेकी संगिता तुईतुईले ऋणको व्यवस्था नभएको भए आफूले नर्सिङ पढाइ पूरा गर्न नसक्ने बताउँदै नपालाई ऋण प्रदान गरेकोमा धन्यवाद दिनुभयो । भनपा ७ मा ५३ जना विद्यार्थीले रु. ५ लाखका दरले ऋण स्वीकृति गरी भनपाबाट ऋण लिइ अध्ययन गरिरहेकोमा ९ जनाले ऋण चुक्ता गरिसकेका छन् । भनपाले ७५१ जनालाई ऋण स्वीकृत गरी रु. १५ करोडभन्दा बढी ऋण प्रवाह गरिरहेको छ । आ.व. २०८२।८३ को लागि पनि शैक्षिक ऋण सम्बन्धी सूचना प्रकाशित गरिसकेको छ । नपाका अनुसार ६४ जनाले रु. ३ करोडभन्दा बढी ऋण फिर्ता गरिसकेका छन् ।  

Read More

पश्चिमी शिक्षा किन बर्बाद भएको छ?

  प्रथम शिक्षाको भावनात्मक उल्कापिण्डले शैक्षिक उत्कृष्टतालाई समाप्त पारेको छ।दशकौंसम्म ग्रेड स्कूलमा पाइला नराख्ने व्यक्तिको रूपमा, जब म मेरो पूर्व क्यानेडियन हाई स्कूलमा शिल्प मेलाको लागि गएँ, मलाई थाहा थियो कि केहि गलत छ। “वर्षौंदेखि शिक्षा र खेलकुदका सबै शीर्ष उपलब्धि हासिल गर्नेहरूका एट्रियमका भित्ताहरूमा भएका सबै तस्बिरहरू कहाँ गए?” मैले सोचें, मेरो ९० को दशकको प्रारम्भिक शैलीको कपाल शैलीमा हाँस्न चाहन्थे। थाहा भयो कि तिनीहरू हटाइएका थिए, सायद त्यही समयमा जब इन्द्रेणी र आदिवासी झण्डा क्यानाडाको राष्ट्रिय झण्डाको छेउमा उडाइएका थिए। पहिले भित्ताहरूमा सजाइएका उच्च उपलब्धि हासिल गर्नेहरूलाई सफल सामूहिक सहयोगको प्रमाणले प्रतिस्थापन गरिएको थियो। टोलीहरू महत्त्वपूर्ण देखिन्थे, जबकि व्यक्तिगत सफलतालाई बक्समा राखेर सार्वजनिक दृष्टिकोणबाट टाढा लगिएको थियो। स्वर्गले नहोस् तिनीहरूको अस्तित्वले कसैलाई पनि आफ्नो बारेमा नराम्रो महसुस गराउँछ। व्यक्तिगत रूपमा, म ती अनुहारहरू हेर्न मन पराउँथे। तिनीहरू सानो शहरमा हुर्केका र बाहिर महान कामहरू गर्न चाहने व्यक्तिको लागि प्रेरणादायी थिए। “हामी उत्कृष्टताको खोजी गर्छौं” स्कूलको लामो समयदेखिको आदर्श वाक्य थियो। तर अब, भित्तामा, एक विद्यार्थी सर्वेक्षणको परिणाम थियो जुन देखाइएको थियो कि ७५% विद्यार्थीहरूले शौचालय प्रयोग गर्न पनि “असहज” महसुस गरे। कसैले सोच्न सक्छ कि उत्कृष्टताको खोजीमा पहिलो चरणमा शौचालय स्टलहरूमा जे भए पनि निपुणता समावेश हुनेछ। सहभागिता ट्रफी पुस्ताले अब सधैं आफ्नो वरिपरि बबलको रूपमा पोर्टेबल सुरक्षित ठाउँ हुनुपर्छ। सबै कुरालाई सम्भावित खतराको रूपमा हेरिन्छ – विशेष गरी उत्कृष्टताको मापदण्डहरू। जसले क्यानडाको बायाँ तटमा रहेको ब्रिटिश कोलम्बियाको सम्पूर्ण प्रान्तले गणित, भौतिक विज्ञान, रसायन विज्ञान र भाषाहरू जस्ता विषयहरूमा मानकीकृत परीक्षणहरू किन छोड्यो भनेर व्याख्या गर्नेछ – जसले सम्पूर्ण प्रान्तका सबै विद्यार्थीहरू बीच श्रेणीकरण र तुलनाको एक रूपलाई अनुमति दियो – केवल दुई प्रकारका परीक्षणहरूको पक्षमा: सामान्य साक्षरता र संख्यात्मकता।   उदाहरणका लागि, अन्तिम हाई स्कूल वर्षको साक्षरता परीक्षणको नमुनामा ‘द इन्कन्भेनिएन्ट इन्डियन’ बाट एउटा अंश प्रस्तुत गरिएको छ, जसले अन्वेषक क्रिस्टोफर कोलम्बसको योगदानलाई अतिरंजित गरिएको सुझाव दिन्छ, र सोध्छ, “कुन प्रकारको पत्रिकाले क्यारिबियनमा कोलम्बसको अवतरणको यो विवरण प्रस्तुत गर्ने सम्भावना धेरै हुन्छ?” विवरण: “र सबै घमाइलो मौसम, बलौटे समुद्र तटहरू, नीला लगुनहरू बिर्सनु हुँदैन…” सम्भावित बहु-विकल्पीय प्रतिक्रियाहरू? “इतिहासको इतिहास,” “व्यापारिक उद्यमहरू,” “यात्रा संसार,” वा “राम्रोसँग बाँच्ने।” त्यसोभए के तिनीहरूले अर्को निबन्धमा शेक्सपियरको क्लासिक्सको व्याख्या गर्नेछन्, वा गर्दैनन्?   अर्को प्रश्न: “कुन आविष्कारले कारखानाका कामदारहरूको लागि चिन्ताको विषय बन्ने सम्भावना बढी हुन्छ?” विकल्पहरू: “मानिसहरूलाई प्रतिस्थापन गर्दै जनरल मोटर्समा काम गर्न गएको युनिमेट औद्योगिक रोबोट,” एमआईटीको किस्मेट भावनात्मक रूपमा बुद्धिमान रोबोट, घरमा तपाईंको भुइँ सफा गर्ने रुम्बा, वा अमेजनको भर्चुअल सहायक एलेक्सा। ओह, त्यो गाह्रो छ! सात वर्षको बच्चाको लागि, सायद। तर पक्कै पनि अर्को वर्ष विश्वविद्यालय जाने कसैको लागि होइन, कसैले आशा गर्नेछ।   पाठ्यक्रममा दुई वर्ष पहिलेको नमुना परीक्षण, संख्यात्मक मूल्याङ्कनले यस्ता प्रश्नहरू सोध्छ, “यो [माछा] पासोको आकार मानिसहरूले समात्न खोजिरहेका माछाको आकार र प्रजातिमा निर्भर गर्दछ … शंकु आकारको माछा पासो डिजाइन गर्न निम्न मध्ये कुन कारक सबैभन्दा महत्त्वपूर्ण हुनेछ?” उत्तर विकल्पहरू मध्ये एक: “नदीमा माछाको आकार।” हामी निश्चित रूपमा गणितीय प्रमाणहरूबाट धेरै टाढा छौं जुन हामीले ३५ वर्ष पहिले लगभग उही उमेरमा गरिरहेका थियौं। मानक “के यो बच्चाले आफ्नो प्रभावशाली गिगको लागि कर फारममा एक लाइन भर्न सक्छ? “के यो बच्चाले कुनै पतन बिना भर्न सक्छ?” (सम्भावित उत्तर: सायद होइन। किनभने सरकारी फारमहरू उपनिवेशवादको एक रूप हुन् दुई वर्षअघि, सोही प्रान्तले १४ वर्ष उमेरसम्मका विद्यार्थीहरूको लागि कुनै पनि र सबै अक्षर ग्रेडबाट टाढा सारियो। As र D को सट्टा, शिक्षकहरूले बच्चा ‘उदाउँदो’, ‘विकासशील’, ‘दक्ष’ वा ‘विस्तारित’ छ कि छैन भनेर मात्र मूल्याङ्कन गर्न सक्थे। तर्क के हो? स्पष्ट रूपमा तिनीहरू कुनै पनि कमी हाइलाइट गर्न चाहँदैनथे। अनुमान गर्नुहोस् कि वास्तविक संसारमा पछि आउँछ जब उसलाई मूर्ख भएकोमा निर्दयी रूपमा ट्रोल गरिन्छ जब एक समयमा एक हुनबाट बच्न पहिले नसिकेको कारण धेरै ठूलो मूल्य तिर्नुपर्ने हुन्छ।   फ्रान्समा, समान ज्ञान-पछिको शैक्षिक प्रणाली स्थापना गर्ने प्रयासले मध्यम परिणामहरू देखेको छ। राष्ट्रपति इमानुएल म्याक्रोनको नेतृत्वमा २०१९ मा हाई स्कूल गणित कक्षाहरू पूर्ण रूपमा खारेज गरियो। तर नतिजा यति विपत्तिजनक थियो कि २०२३/२४ स्कूल वर्षको लागि यो उल्टो भयो।   यस वर्षको उच्च माध्यमिक र माध्यमिक विद्यालयका विद्यार्थीहरूको लागि फ्रान्सेली अन्तिम मानकीकृत परीक्षा, जुन भर्खरै सम्पन्न भएको छ, फ्रान्सेली मिडियाले फ्रान्सका भविष्यका नोबेल पुरस्कारका आशावादीहरूका लागि चीजहरू डमी गर्न परीक्षा ग्रेडर्सलाई दिइएको निर्देशनहरूको एक समूह प्रकाशित गरेको देखे। “पहिलो भनेको हिज्जे वा व्याकरण गल्तीहरूको लागि अंक कटौती नगर्नु हो। के कुरा महत्त्वपूर्ण छ हिज्जे कोडको पालना होइन, तर सुगमता हो,” फ्रान्सको RTL ले भन्यो।   ओह, त्यसोभए यस्तो केहि, तपाईंको मतलब? “शूर, जब यस्तो सेन्टिन्सले जितेन, awl the wurdz sound rite लगाउनुहोस् तर luk lyke तिनीहरूले owtta speling skool लाई फसाउनुभयो?” किनभने त्यो उल्लेखित मापदण्डमा फिट हुन्छ। कल्पना गर्नुहोस् जब त्यो सहकर्मी तपाईंको कार्यस्थलमा प्रवेश गर्छ। स्पष्ट रूपमा, ग्रेडरहरूलाई पनि भनिएको थियो कि जब कुनै विद्यार्थीलाई क्रिया संयोजन गर्न भनियो भने सबै अंकहरू नहटाउनुहोस् – र त्यसपछि गलत सूचीबद्ध गरिएको उही क्रियाको मूल प्राप्त गर्नुहोस्। हुनसक्छ उनीहरूले आफ्नो आँखाको अगाडि जे थियो त्यही क्रियाले प्रतिस्थापन गरेको क्रिया अवस्थित नै छैन, तर अन्त्य सही छ। त्यसको लागि आधा अंक मात्र हटाइन्छ। अन्तिम दर्शन परीक्षाले “प्रिपोन्डरन्ट” शब्दको अर्थ व्याख्या गर्नुपर्‍यो, किनभने यो स्पष्ट रूपमा विश्वविद्यालय जान लागेका बच्चाहरूको लागि धेरै गाह्रो मानिन्थ्यो, RTL रिपोर्टहरू। मिडिया आउटलेटले यो पनि औंल्यायो कि मौखिक परीक्षाका ग्रेडरहरू, विद्यार्थीलाई तयारी गर्न २० मिनेट छ भन्ने पाठबाट पढिएको, सत्रको अन्त्यमा विद्यार्थीको प्रदर्शनमा ध्यान केन्द्रित गर्न, स्नायुको हिसाब गर्न मात्र थिए। यो कुनै विद्यार्थीको पृष्ठबाट पढिएको हुन सक्छ वा नहुन सक्छ: “नमस्ते, मेरो नाम साम हो। मसँग दुई जना ब्रुथर र वुन सिस्टर छन्। हामी सँगै सोकर खेल्न चाहन्छौं। मेरी आमाले राम्रो काम गर्नुहुन्छ र मेरो बुवाले हामीसँग चलचित्र हेर्न चाहनुहुन्छ। म भिडियोहरू चित्रण र खेल्न चाहन्छु। लिस्निनको लागि धन्यवाद! के म अहिले उच्च शिक्षा हासिल गर्छु?” हरेक दिन पश्चिमको वोकेमन एकेडेमी कसरी गरिरहेको छ भन्ने बारे नयाँ खुलासा ल्याउँछ जस्तो लाग्छ। यस्तो संसारमा जहाँ भावनाहरू तथ्यहरूभन्दा माथि हुन्छन् र हिज्जे वैकल्पिक हुन्छ, हाम्रा ‘स्नातकहरू’ वास्तवमा के जान्नेछन् र वास्तविक जीवनको लागि के सुसज्जित हुनेछन् भन्ने कुरा कसैको अनुमान छ। तर हे, कम्तिमा तिनीहरूको सुरक्षित ठाउँहरू राम्रोसँग सुसज्जित छन्।  

Read More

गर्मीमा भाइरल भएको शब्द -Demure

गर्मीमा भाइरल भएको शब्द “Demure” लाई Dictionary.com ले “brainrot,” “brat,” र “wird” जस्ता अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै २०२४ को वर्षको शब्दको रूपमा घोषित गरेको छ।   सोमबार एक घोषणामा, साइटले भन्यो कि २०२४ मा यो शब्दको प्रयोगमा “उल्कापिण्ड वृद्धि” भएको छ – जनवरी र अगस्टको बीचमा १,२००% ले वृद्धि भएको छ – यो स्पाइक मुख्यतया टिकटककर र सौन्दर्य प्रभावकार जुल्स लेब्रोनले इन्टरनेटलाई हल्लाउने व्यंग्यात्मक भिडियोहरूको श्रृंखलामा “धेरै संयमित, धेरै सचेत” वाक्यांशको लोकप्रियतालाई श्रेय दिएको थियो।   “तपाईंले देख्नुभयो कि म कामको लागि मेरो मेकअप कसरी गर्छु? धेरै संयमित। धेरै सचेत,” लेब्रोनले आफ्नो एउटा टिकटकमा कालो, पखेटा भएको आइलाइनर र नक्कली परेलाको सामान्य मेकअपको थोरै कम-डाउन संस्करण लगाएर भन्छिन्।   “म अन्तर्वार्तामा आउने तरिकाले नै काममा जान्छु। तिमीहरूमध्ये धेरै केटीहरू मार्ज सिम्पसन जस्तो देखिने गरी अन्तर्वार्तामा जान्छौ र (उनका दिदीबहिनीहरू) प्याटी र सेल्मा जस्तो देखिने गरी काममा जान्छौ। संयम होइन,” उनले थपिन्, आफ्नो कुरा राख्न “द सिम्पसन” टिभी कार्यक्रमका पात्रहरू प्रयोग गर्दै। “डेम्युर” ऐतिहासिक रूपमा अलग र आरक्षित व्यवहार वर्णन गर्न प्रयोग गरिएको छ, तर “सामाजिक सञ्जाल मार्फत एउटा नयाँ प्रयोग फैलिएको छ,” Dictionary.com ले भन्यो, जसले व्यक्तिको उपस्थिति र काममा वा सार्वजनिक स्थानहरूमा उनीहरूले गर्ने व्यवहारसँगको हालसालैको सम्बन्धलाई हाइलाइट गर्दै। “हरेक भिडियोले मलाई मात्र सन्दर्भ गर्छ,” लेब्रोनले अर्को भिडियोमा “अस्पष्टताको अस्पष्टता” भन्ने चंचल क्याप्शनको साथ भन्छिन्, जहाँ प्रयोगकर्ताहरूले काममा मानिसहरूको उपस्थितिको आधारमा न्याय गर्नुपर्छ कि भनेर सोचेपछि उनले मजाकको व्याख्या गर्छिन्। “त्यो मजाक हो!”   व्यंग्य एउटा क्लिपमा स्पष्ट छ जहाँ टिकटक स्टारले लास भेगास स्ट्रिपमा बाहिर निस्कँदा उनी संयमी र सचेत तरिकाले व्यवहार गर्ने दाबी गर्छिन्। उनको संयमी दाबी कि उनी राति १० बजेसम्म ओछ्यानमा फर्कनेछिन्। त्यस रात पछि लेब्रोनको दृश्यहरूसँग अन्तर्क्रिया गरिएको छ, क्लबमा हाँस्दै र उनको होटल कोठा खोज्न संघर्ष गर्दै।   किम कार्दशियन, जेनिफर लोपेज, र “ड्र्याग रेस” होस्ट रुपल जस्ता उल्लेखनीय व्यक्तित्वहरूले आफ्नो ब्रान्डको प्रचार गर्न प्रवृत्तिको फाइदा उठाएका छन्।   उनको शेपवेयर ब्रान्ड स्किम्सको लागि हालैको अभियानका तस्बिरहरूमा, कार्दशियनले क्याप्शनमा वाक्यांश प्रयोग गरे: “हेर्नुहोस् म कसरी मेरो बीटीएस तस्बिरहरू लिन्छु… धेरै प्यारी (sic), धेरै सचेत, धेरै संयमी… अन्य केटीहरू जस्तो होइन” इन्स्टाग्राममा जाँदै, जेनिफर लोपेजले उनको ककटेल लाइन डेलोलाको प्रचार गर्ने पोस्टमा “धेरै संयमी… धेरै सचेत” क्याप्शनको साथ उनको सुन्दर चुस्कीको भिडियो पनि राखे।   चार्ली एक्ससीएक्सले अक्टोबर १०, २०२४ मा न्यू योर्कको न्यु विन्डसरस्थित स्टर्म किंगमा आयोजित विशेष कार्यक्रममा केही सय प्रशंसकहरूसँग आफ्नो नयाँ रिमिक्स एल्बम साझा गरिन्।   “हेर्नुहोस् म यो पुस्तक कसरी पढिरहेको छु? धेरै संयमी। म पृष्ठहरू कुकुरको कानमा राख्दिन, म बुकमार्क राख्छु,” रुपलले अनलाइन पुस्तक पसल अलस्टोराको प्रचार गर्ने भिडियोमा भने। “र म मेरा साथीहरूलाई अन्त्य खुलाउँदिन। धेरै विचारशील। र साथै, मेरो सेल फोन डिस्टर्ब नगर्नुहोस् मा छ। धेरै संयमी। धेरै सचेत।”   लेब्रोन पनि मेकअप कलाकार प्याट्रिक टासँग एक भिडियोमा देखा परे, जो आफ्नो ब्यूटी लाइनबाट नयाँ छाला फाउन्डेसनको प्रचार गरिरहेका थिए।   लेब्रोन, जो ट्रान्सजेन्डर हुन्, उनले भनिन् कि उनको “संयमी” भिडियोहरूबाट प्रसिद्धिले उनलाई उनको बाँकी संक्रमणको लागि वित्तपोषण गर्न मद्दत गरेको छ। “म पहिले पागल र नियन्त्रण बाहिर थिएँ र त्यसपछि मैले केही संयमीता पाएँ, र त्यससँगै सफलता पनि आयो,” उनले जिमी किमेल लाइभको एक एपिसोडमा भनिन्। उनले अब टिकटकमा २३ लाखभन्दा बढी फलोअर्स जम्मा गरिसकेकी छिन्।   Dictionary.com ले यस वर्ष “demmure” छनौट गर्ने निर्णय सामाजिक सञ्जालका प्रवृत्तिहरू, समाचारका शीर्षकहरू र अनलाइन कुराकानीहरू पार गर्ने शब्दहरूको गहिरो विश्लेषणबाट सूचित गरिएको बताएको छ, जुन दैनिक संवादमा प्रवेश गर्दछ।   २०२३ मा साइटको वर्षको शब्द “hallucinate” थियो – च्याटबटहरू र कृत्रिम बुद्धिमत्ताको उदयलाई सन्दर्भ गर्दै जसले प्रायः गलत जानकारी फैलाउन सक्छ।   “Brat”, अर्को शब्द जसले २०२४ मा नयाँ अर्थ लिएको छ, लाई कोलिन्स डिक्सनरीले २०२४ को शब्दको रूपमा अनलाइन र अफलाइनमा सबैभन्दा धेरै चर्चा हुने शब्दहरू मध्ये एक भएकोले नाम दिएको थियो।  

Read More

विद्यार्थीहरुको स्वागत र अभिमुखीकरण कार्यक्रम

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पस माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८२÷८३ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूको स्वागत तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) को आतिथ्यमा शुक्रबार सम्पन्न भयो । विद्यालयको प्रा·णमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छे“ले भक्तपुर कला–संस्कृतिको क्षेत्रमा छुट्टै पहिचान र आफ्नै जाति र जनजातिको बाहुल्यता रहेको नगर भएको बताउनुभयो । उहा“ले भन्नुभयो, “देशका विभिन्न जिल्लाका भाषाभाषी, जनजातिको कला र संस्कृतिको पनि छुट्टै महŒव छ । हाम्रो देशमा रहेका जातजातिको जति पनि भाषाभाषी, कला र संस्कृति छन् ती सबै विश्वको कला र संस्कृतिभित्र पर्दछ । भक्तपुर नगरका केही मन्दिर र सांस्कृतिक धरोहरहरू विश्व सम्पदामा सूचिकृत छन् । त्यस्तै नेपालमा रहेका जातजाति, भाषाभाषीका सम्पदाहरू पनि विश्वकै सम्पदा हुन् । त्यसको संरक्षण हामीले गर्नुपर्छ† नेपाली जनताले गर्नुपर्छ ।” विद्यालयमा अध्ययनको क्रममा केही अप्ठ्यारा भएमा विद्यालय सञ्चालक समिति र शिक्षकहरूलाई आफ्नै अभिभावक ठानी समस्या पोखेमा समस्याको समाधानतर्फ विद्यालय परिवार लागिपर्ने उहा“ले बताउनुभयो । अध्यक्ष बिजुक्छे“ले भन्नुभयो, “अध्ययनरत विद्यार्थीले विद्यालयलाई आफ्नै घरको रूपमा हेर्नुहोला, आफ्नै घर ठानी माया गर्नुहोला ।” कार्यरत शिक्षक तथा कर्मचारीहरूको भाषा सभ्य र सुसंस्कृत हुनुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले भन्नुभयो, “कर्मचारीहरूको व्यवहार विद्यार्थीलाई चित्त दुख्ने खालको हुनुहुन्न । विद्यार्थीको दृष्टिकोण सकारात्मक हुने गरी शिक्षक कर्मचारीले जिम्मेवारी निर्वाह गर्नु जरूरी छ ।” कार्यक्रमका सभापति, विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मा.वि. स्थानीय तहबाट सञ्चालित देशकै पहिलो अग्रणी संस्था भएको चर्चा गर्दै सर्वसाधारण जनताका छोराछोरीलाई सुलभ शिक्षा प्रदान गरी एक्काइसौ“ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने देशभक्त र कर्तव्यनिष्ठ नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताउनुभयो । नगर प्रमुख प्रजापतिले भन्नुभयो, “शिक्षा भनेको राज्यको दायित्व हो, जिम्मेवारी हो, संविधानले देखाएको बाटो पनि यही नै हो ।” ख्वप मा.वि.को जगमा दुई वटा इन्जिनियरिङ कलेजसहित ७ वटा शैक्षिक संस्थाहरू सञ्चालन भइरहेको र आज ती शैक्षिक संस्थाहरू विद्यार्थीको आकर्षणको केन्द्र बनिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “यस वर्ष ख्वप मा.वि.मा कक्षा ११ मा मात्र ६८ जिल्लाका १,८२९ जना विद्यार्थी भर्ना हुनु खुसीको कुरा हो ।” गुणस्तरीय शिक्षाको लागि ख्वप माविमा भर्ना भएका विद्यार्थीहरूको विश्वासमा कमी आउन नदिन विद्यालय सञ्चालक समिति र भक्तपुर नगरपालिका लागिपर्ने प्रतिबद्धता उहा“ले व्यक्त गर्नुभयो । प्रमुख प्रजापतिले भन्नुभयो, “ख्वप मा.वि. भक्तपुर नगरपालिका र भक्तपुर नगरवासीको करबाट सञ्चालित भएकोले यसमा केही कमीकमजोरी भएमा कर दुरूपयोग भएको ठानी नगरवासीले चित्त दुखाउनेछ । यहा“ अध्ययनरत विद्यार्थी अनुशासित भएमा विद्यार्थीको अभिभावक, शिक्षकमात्र होइन भक्तपुर नगरवासी नै खुसी हुनेछन्† भक्तपुर नगरको विकास निर्माणमा कटौती गरी विद्यालय सञ्चालनमा गरेको खर्चले देशभरिका जनताका छोराछोरीलाई पढाउन पायौ“ भनेर नगरवासी खुसी हुनेछन् ।” कार्यरत शिक्षक–कर्मचारी र विद्यार्थीहरूले भक्तपुर नगरवासीको योगदानलाई कहिल्यै बिर्सन नहुने आशा गर्दै प्रमुख प्रजापतिले भन्नुभयो, “सम्भवतः शिक्षामा धेरै खर्च गर्ने नगरपालिकाहरूमा सबभन्दा माथि भक्तपुर नगरपालिका पर्दछ । यस वर्ष भनपाले ५४ करोड ४ लाखभन्दा बढी रकम अर्थात् भनपाको बजेटको २१.८ प्रतिशत शिक्षाको विकासको लागि विनियोजन गरेको छ ।” पढ्ने र श्रम गर्ने नाममा युवाहरूको बढ्दो विदेश पलायनले पढाउने शिक्षक र उपचार गर्ने चिकित्सकका साथै देश युवाविहीन हु“दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै उहा“ले अध्ययनरत विद्यार्थीले देशमै बसी सेवा गर्न सोच राख्नुपर्ने र अहिलेदेखि नै देशको सेवा गर्ने सोच राखेमा सुन्दर नेपालको नक्सा तयार गर्न सकिने र यस्तै विद्यार्थी तयार गर्ने उद्देश्य विद्यालयको रहेको बताउनुभयो । प्रमुख प्रजापतिले भन्नुभयो, “विदेशमा विद्यार्थी पठाउने केही शैक्षिक दलालीहरूले देशको शैक्षिक संस्थाहरू तहस नहस गर्दै छन्† यसतर्फ विद्यार्थीहरू सचेत रहनुपर्छ । ख्वप शैक्षिक संस्थाहरू शैक्षिक हडताल र बन्दबाट टाढा रही असल र सुसंस्कृत नागरिक तयार गर्ने अभियानमा अग्रसर छ ।” नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साथीहरूस“ग मित्रवत् व्यवहारका साथै मित्रवत प्रतिस्पर्धा हुनुपर्ने र मित्रवत् व्यवहारले सफलता प्राप्त गर्न सकिने बताउनुभयो । उहा“ले भन्नुभयो, “विद्यार्थीले विद्यालयलाई पि“जडा होइन घरको रूपमा लिनुपर्छ । त्यसको लागि विद्यालयलाई परिवारको सदस्यको रूपमा आफूलाई परिवर्तन गर्नुपर्छ ।” विद्यार्थीहरू अत्यन्त उत्सुक र जिज्ञासु हुनुपर्ने धारणा राख्दै प्रदेश सांसद गोसाईले उत्साह र जिज्ञासुलाई प्रेरणाको रूपमा लिए सफलतामा पुग्न सकिने बताउनुभयो । उहा“ले भन्नुभयो, “दुःख र सङ्घर्ष नगरी कुनै पनि उपलब्धि हासिल गर्न सकिन्न । यदि कसैले दान वा निगाहको रूपमा सफलता हासिल गरेमा त्यो नक्कलीमात्र हुनेछ । नक्कली सफलताको पछाडि विद्यार्थी लाग्नुहुन्न ।” भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने सपनालाई साकार पार्ने उद्देश्यले विद्यालय सञ्चालन भइरहेको र भनपा ख्वप विश्वविद्यालय सञ्चालनमा लागिपरेको बताउनुभयो । समाज परिवर्तन गर्न विद्यार्थी स्वयं अनुशासित र इमानदार हुनुपर्नेमा उहा“ले जोड दिनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जीवनको लक्ष्यप्रति आशावादी भएर लाग्न विद्यार्थीलाई सुझाव दिनुभयो । ख्वप अस्पतालका निर्देशक डा. मजेशप्रताप मल्लले आफ्नो जीवनको लक्ष्य प्राप्तिप्रति गम्भीर भएर लाग्न र अभिभावकहरूस“ग नियमितरूपमा छलफल र भावना सातासात गर्न सुझाव दिनुभयो । ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप मा.वि.को आफ्नै किसिमको गौरव र गरिमा रहेको जानकारी दि“दै विद्यार्थीहरू कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिनुभयो । ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले सामाजिक सञ्जाललाई सचेततापूर्वक प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले समयको संवेदनशीलतालाई ध्यान दिन नसके जीवन लक्ष्यमा पुग्न गा¥हो हुने बताउनुभयो । ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरू प्रशान्त महतो र नेहा पटेलले पनि स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छे“ले ख्वप कलेजबाट प्रकाशित ख्वप जर्नलको अड्ढ –७ विमोचन गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति देखाएका थिए ।  

Read More

नगर प्रमुख सुनिल प्रजापतिसँग बासुका कक्षा ८ का विद्यार्थीहरुको भेटघाट तथा अन्तरक्रिया

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बासु माध्यमिक विद्यालय कक्षा ८ ख्वपको पहिचान विषय अध्ययनरत विद्यार्थीहरुको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण गर्नुको उद्देश्यमाथि प्रकाश पार्दै भक्तपुरको भाषा, लिपि, सम्पदा, भूगोल, राजनीति आदिबारे विद्यार्थीहरुलाई सानै देखि अध्ययन गराएर अरूसँग नभएको ज्ञान प्रदान गर्ने उद्देश्यले पाठ्यक्रम निर्माण गरेको बताउनुभयो । विद्यार्थीहरुलाई आफ्नो शैक्षिक जग मजबुत बनाउन आफूले रोजेको विषयमा ध्यान केन्द्रित भएर अध्ययन गर्न प्रेरित गर्दै उहाँले घोकन्त्ते शिक्षालाई निरुत्साहित गर्दै लानुपर्ने बताउनुभयो । आफू अध्ययनरत विद्यालय र शिक्षकप्रति जहिल्यै सम्मानभाव राख्नुपर्ने बताउँदै उहाँले विद्यार्थीहरुलाई किताबी ज्ञानसँगसँगै व्यवहारिक ज्ञान हासिल गर्न अनुरोध गर्नुभयो । भक्तपुर नपाले देकोचामा अरनिको सभाभवन निर्माण कार्य अगाडि बढाइरहेको बताउँदै उहाँले विद्यार्थीको कल्पनाशीलताले नयाँ नयाँ प्रविधिको विकास हुने बताउनुभयो । सफलता र असफलता दुवैबाट पाठ सिक्दै अगाडि बढ्न मार्गनिर्देश गर्दै आफ्नो समाज र देशप्रतिको माया र जिम्मेवारीबोधलाई सँधै मनन गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुले भक्तपुर नपाले भक्तपुर नपाको वातावरण सुधारमा नपाको पहल, फोहोर व्यवस्थापनको नीति, सहरी विकास योजना, ख्वप अस्पतालको सेवा प्रवाह, तरकारी बजार व्यवस्थापन, समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नता, मल कारखाना सञ्चालन, भक्तपुरको साढे धपाउने र बाली काट्ने आन्दोलन आदिबारे आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा बासुका शिक्षक विष्णुप्रसाद दुमरुले पनि बोल्नुभएको थियो भने नगर प्रमुख प्रजापतिले बासु माविका सहायक प्रअ राजकुमार ह्यौंमिखालाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।  

Read More

लेस्ली लोक्को वास्तुकलालाई रूपान्तरण गर्ने अभियानमा

गतिशील विचारकहरू’ को नयाँ पुस्तालाई बढावा दिँदै,लेस्ली लोक्को वास्तुकलालाई रूपान्तरण गर्ने अभियानमा छिन| स्कटिश-घानायन वास्तुकार लेस्ली लोक्को आफ्नो घुमन्ते अफ्रिकी स्टुडियोको पहिलो पुनरावृत्तिको लागि तयारी गर्दैछिन् जसले मोरक्कोको फेजमा युवाहरूको समूहलाई एकसाथ ल्याउनेछ। जब लेस्ली लोक्को १९९० को दशकको लन्डनमा एक युवा विद्यार्थी थिइन्, वास्तुकला खुलापन र प्रयोगको ठाउँ थियो। र तैपनि, उनले महसुस गरिन् कि अनुशासन अन्तरिक्षको युरोपेली अवधारणाहरूभन्दा बाहिर सोच्न असमर्थ छ। “हामीलाई सिकाइएको थियो … धेरै मुख्यतया युरोकेन्द्रित तरिकामा, भित्र र बाहिर बीचको भिन्नता, गोपनीयता र प्रचार बीचको भिन्नता, वा पारिवारिक संरचना जस्ता साधारण चीजहरूको बारेमा,” प्रसिद्ध स्कटिश-घानायन वास्तुकार, अहिले उनको ६० को दशकमा, भनिन्। उनले विस्तारित परिवार वरिपरि हुर्केको आफ्नो अनुभव र बेलायतका आणविक परिवारहरूमाझ सामान्य “दुई-माथि, दुई-तल” घरहरू बीचको भिन्नतालाई उल्लेख गरिन्। निर्माण सामग्रीहरूको बारेमा उनको सोच्ने तरिका पनि पाठ्यक्रमसँग बाझिने थियो: उष्णकटिबंधीय क्षेत्रमा, कंक्रीट सड्ने र धातुमा खिया लाग्ने। “मौसम र सामग्रीहरू र परिसंचरण र भेन्टिलेसनको बारेमा तपाईंले सोच्ने तरिका धेरै फरक छ,” लोक्कोले घानाको राजधानी अक्राबाट भिडियो कलमा भनिन्। तीन दशक अगाडि बढ्दै जाँदा लोक्को अब कक्षाकोठाको नेतृत्व गर्ने शिक्षक हुन्। उनको पहल, अफ्रिकी फ्युचर्स इन्स्टिच्युट (एएफआई), युवा पुस्ताहरूको लागि डिजाइन शिक्षा कस्तो हुनुपर्छ भनेर मौलिक रूपमा पुन: कल्पना गर्ने प्रयास हो। सर्पेन्टाइन प्याभिलियन २५ वर्षको हुन्छ: कसरी एकल-प्रयोग पाल मौसमी ल्यान्डमार्क बन्यो अक्रामा आधारित संस्थान सुरुमा वास्तुकलाको एक स्वतन्त्र स्नातकोत्तर स्कूल हुन गइरहेको थियो। तर लोक्कोले चाँडै महसुस गरे कि पूर्ण रूपमा नयाँ स्कूल सुरु गर्न आवश्यक रसद र स्रोतहरू पहुँच बाहिर हुन सक्छ। “साथै, मलाई पक्का छैन कि संसारलाई अर्को वास्तुकला विद्यालयको आवश्यकता छ … यसलाई चाहिने कुराहरू बढी महत्वाकांक्षी, बढी रचनात्मक, बढी गतिशील विचारक र निर्माताहरू हुन्,” उनले भनिन्। यसको सट्टा, एएफआईले घुमन्ते अफ्रिकी स्टुडियो आयोजना गर्नेछ, वार्षिक स्टुडियो सत्रहरूको एक श्रृंखला जसले जलवायु परिवर्तन र बसाइँसराइ जस्ता गम्भीर विश्वव्यापी मुद्दाहरूसँग सम्बन्धित वास्तुकला र डिजाइनको बारेमा सोच्न नयाँ तरिकाहरू प्रदान गर्दछ। सहभागीहरूको पहिलो समूहको आधाभन्दा बढी अफ्रिकाका छन्, अर्को २५% डायस्पोराबाट। परियोजनाको एक भागले अफ्रिकाको बारेमा कथाहरूलाई उनीहरूको टाउकोमा घुमाउने लक्ष्य राखेको छ। पश्चिम भारतीय मनोचिकित्सक र दार्शनिक फ्रान्ट्ज फानोन जस्ता औपनिवेशिक विचारकहरूलाई प्रतिध्वनित गर्दै, लोक्कोले महादेशलाई लामो समयदेखि “ज्ञानको प्राप्तकर्ताको रूपमा राखिएको” भनेर विलाप गर्छिन्। “हामी कच्चा पदार्थको उत्पादक हौं, तर हामी तयार उत्पादनहरू प्राप्तकर्ता हौं – चाहे त्यो बौद्धिक उत्पादन होस् वा कार,” उनले भनिन्, परियोजनाले अफ्रिकालाई “विचारहरूको … र ज्ञानको जनरेटर” पनि हो भनेर प्रदर्शन गर्ने इच्छा व्यक्त गर्दै। २०२३ मा जब लोक्कोले भेनिस बिएनाले क्युरेट गरे, कार्यक्रमका सहभागीहरू उल्लेखनीय रूपमा युवा र विविध थिए। यहाँ, वास्तुकार मरियम इस्सोफुले प्रदर्शनीको भित्तामा नाइजरको नियामीको भविष्यको योजनाहरू कोर्छिन्। धेरै मध्ये ‘पहिलो’ गत वर्ष, लोक्को १७६ वर्षको इतिहासमा रोयल इन्स्टिच्युट अफ ब्रिटिश आर्किटेक्ट्सको रोयल स्वर्ण पदकबाट सम्मानित हुने पहिलो अफ्रिकी महिला बनिन्। अघिल्लो वर्ष, उनी भेनिस बिएनाले क्युरेट गर्ने पहिलो अश्वेत वास्तुकार बनिन्, उनको कार्यक्रमलाई कार्यक्रमको इतिहासमा सबैभन्दा राजनीतिक रूपमा संलग्न, वातावरणीय रूपमा सचेत र समावेशी मध्ये एकको रूपमा व्यापक रूपमा मनाइयो। (यद्यपि, अनुशासनको सीमा र पहुँच विस्तार गर्ने उनको प्रयास आलोचना बिना थिएन: स्वर्गीय जाहा हदीदको फर्मका प्रिन्सिपल वास्तुकार प्याट्रिक शुमाकरले विलाप गरे कि उनको दृष्टिकोणबाट घटनाले “कुनै वास्तुकला देखाएको छैन।”)   लोक्कोको उपलब्धिहरूले अनुशासनमा विविधताको लागि एक सफलताको संकेत गर्दछ (बेलायतमा, दर्ता भएका लगभग ८०% वास्तुकारहरू गोरा छन्)। तर यी प्रतिष्ठित प्रशंसा र नियुक्तिहरू प्राप्त गर्ने “पहिलो” हुनुको बारेमा लोक्को कस्तो महसुस गर्छिन्?   “निरन्तर निषेध, पहिलो कालो, पहिलो महिला, पहिलो अफ्रिकी, तिनीहरू सधैं मलाई अरू मानिसहरूको वर्णन जस्तो लाग्थ्यो। म आफूलाई कसरी वर्णन गर्छु भन्ने होइन,” उनले भनिन्। “‘पहिलो’ तब मात्र अर्थपूर्ण हुन्छ जब तपाईं यहाँ बस्नुहुन्न,” उनले घानामा रहेको आफ्नो घरलाई उल्लेख गर्दै थपिन्।   “जब मैले अक्रा छोडे, म आधा-स्कटिश, आधा-घानायन थिएँ,” उनले १७ वर्षको उमेरमा इङ्गल्याण्डको बोर्डिङ स्कूलको लागि देश छोडेको बारेमा भनिन्। “जब म भोलिपल्ट बिहान लन्डन आइपुगेँ, म कालो थिएँ।” तर उनी स्वीकार गर्छिन् कि स्मारकीय उपलब्धिहरू “ठूलो लाभ” हुन् जसले उनलाई AFI जस्ता परियोजनाहरू अगाडि बढाउन सक्षम बनाउँछ।   “वर्णनहरू जे भए पनि, तिनीहरूले तपाईंलाई समर्थकहरू, दाताहरू, कोषदाताहरू, परोपकारीहरूलाई पहुँच दिन्छन्, जसरी तपाईं बिना यो सम्भव हुने थिएन। यो एक प्रकारको दोधारे तरवार हो,” लोक्कोले थपिन्।   २००५ मा सम्पन्न, अक्रामा रहेको लोक्कोको स्व-डिजाइन गरिएको घरलाई वास्तुकारले “आधुनिक माटोको घर” भनेर वर्णन गरेका छन्। भविष्यको लागि डिजाइन भविष्य – र यसको लागि युवा पुस्तालाई तयार पार्ने – आज लोक्कोको अभ्यासको अग्रपंक्तिमा छन्। जब उनले बिएनाले क्युरेट गरिन्, सहभागीहरूको औसत उमेर ४३ वर्ष थियो (अघिल्लो संस्करणहरू भन्दा उल्लेखनीय रूपमा कम उमेरको)। कार्यक्रममा आधा अभ्यासकर्ताहरू अफ्रिका वा अफ्रिकी डायस्पोराबाट आएका थिए।   बिएनालेले आफ्नो केन्द्रीय प्रदर्शनी विषयवस्तु: भविष्यको प्रयोगशालाको रूपमा अफ्रिका मार्फत महादेशलाई केन्द्रित पनि गर्‍यो। “यो भन्नको लागि एउटा प्रयास थियो कि बाँकी विश्वले अहिले सामना गर्न थालेका धेरै परिस्थितिहरू, अफ्रिकाले १,००० वर्षदेखि सामना गरिरहेको छ र, केही तरिकाले, हामी वर्तमानभन्दा अगाडि छौं,” लोक्कोले भने, जसले महादेशलाई कार्यशालाको रूपमा व्यक्त गर्न “प्रयोगशाला” शब्द प्रयोग गरे “जहाँ मानिसहरू भविष्य कस्तो देखिन सक्छ भनेर कल्पना गर्न एकसाथ आउन सक्छन्।”   इथियोपियाली कलाकार मिरियम हिलावी अब्राहमले २०२३ मा भेनिस बिएनालेमा इथियोपियाको लालिबेलाका चट्टानले काटिएका चर्चहरूमा देखा पर्ने दृश्य कथाहरूको श्रृंखला प्रस्तुत गरे। नोमाडिक अफ्रिकी स्टुडियोले उही पुस्तकबाट एउटा पाना लिएको देखिन्छ। यसको वार्षिक महिना लामो कार्यक्रमहरूको पहिलो यस जुलाईमा मोरक्कोको फेजमा सुरु हुनेछ। ३५ वर्ष मुनिका लगभग ३० जना सहभागीहरूलाई खुला कलबाट छनोट गरिएको थियो वा मनोनयन समितिले नि:शुल्क कार्यक्रममा सामेल हुन आमन्त्रित गरेको थियो। (लोक्कोले स्वीकार गरे कि उमेर सीमाको बारेमा दबाब थियो तर उनी उद्घाटन स्टुडियो प्रयोग गरेर अफ्रिकालाई “युवाहरूको महादेश” भनेर सम्बोधन गर्न चाहन्थिन्।)   साना समूहहरूमा काम गर्दा, सहभागीहरूलाई एउटा विषय दिइनेछ – जस्तै शहर निर्माण वा सांस्कृतिक पहिचान – व्याख्या गर्न र वरपरको मोडेल, डिजाइन, फिल्म, वा प्रदर्शन उत्पादन गर्न।   लोक्कोको लागि, ध्यान नतिजामा छैन। उनी वास्तुशिल्प शिक्षाको आलोचना गर्छिन् किनभने यसको समाप्त उत्पादनहरूमा केन्द्रित हुने प्रवृत्ति छ। यहाँको कुरा द्रुत आउटपुट उत्पादन गर्ने बारे होइन, यो “मानिसहरूलाई कसरी सोच्ने भनेर सिकाउने” बारे हो।   “तपाईंले साँच्चै महत्त्वपूर्ण, कठिन विषयहरूको बारेमा कसैले सोच्ने तरिकामा ठूलो प्रभाव पार्न सक्नुहुन्छ,” लोक्कोले भनिन्, जसले आशा गर्छिन् कि पाँच पुनरावृत्ति पछि, सयौं मानिसहरूले यसको कठोर, अन्वेषणात्मक वातावरणबाट लाभान्वित हुनेछन्। “सायद, अन्ततः, स्कूलको नयाँ रूप देखा पर्नेछ,” उनले भनिन्।   चित्रकला प्रेरणा लोक्को आफैंमा वास्तुकार बन्ने कुनै योजना थिएन। अमेरिकामा समाजशास्त्र पढ्नु अघि उनले अक्सफोर्ड विश्वविद्यालयमा केही समय हिब्रू र अरबी भाषा पढेकी थिइन्। उनले वकिल बन्ने विचार गरिन्, र कार्यालय प्रबन्धकको रूपमा काम गरिरहेकी थिइन् जब एक अनौठो टिप्पणीले उनलाई वास्तुकार बन्ने…

Read More

भक्तपुर नगरपालिकाको एसईई नतिजा ८९.८८ प्रतिशत उत्तीर्ण

भक्तपुर राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई (माध्यमिक शिक्षा परीक्षा) २०८१ को नतिजा हालै सार्वजनिक गरेको छ । परीक्षामा सहभागी २ हजार १६६ (८९.८८) प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका छन् । नतिजामा सार्वजनिक विद्यालयका ६८२ (८०.९० प्रतिशत) र संस्थागत विद्यालयका १ हजार ४८४ (९४.७०) विद्यार्थी उत्तीर्ण भएका छन् । भक्तपुर नगरपालिकाभित्र सञ्चालित ६ वटा विद्यालयका १३ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भए जसअन्तर्गत मेधा माध्यमिक विद्यालयका ३ जना, सेकरिड हार्ट इ. सेकेन्डरी स्कुलबाट १ जना, लनर्स एकेडेमीका २ जना, सैनिक आवासीय महाविद्यालयका ३ जना, एभरेष्ट इ. स्कूलका ३ जना र जेन्युइन सेकेन्डरी स्कूलका १ जना रहेका छन् । ३.६देखि ४ जीपीए अर्थात विशिष्ट श्रेणी ल्याउने विद्यार्थीको संख्या ७ सय ७२ जना रहेका छन् । नतिजाअनुसार ३.२० देखि ३.६० जीपीए ल्याउने ८ सय, २.८ देखि ३.२० जीपीए ल्याउने ४ सय ८७ जना, २.४० देखि २.८० ल्याउने १०१ जना, २ देखि २.४० ल्याउने ६ जना र २ जीपीएभन्दा कम ल्याउने २ सय ४४ जना परीक्षार्थी रहेका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा बासु माध्यमिक विद्यालयमा बि.सं. २०८१ का एसईई परीक्षामा स्तरीकृत नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाइ दिनुभयो । उहाँले विद्यार्थीहरुले एउटा चरणमा सफलता प्राप्त गर्दैमा धेरै उत्साहित हुनु आवश्यक नभएको बताउँदै अब नयाँ विषय अध्ययनको लागि सोच्ने र चिन्तन गरेर अगाडि बढ्न प्रेरित गर्नुभयो । विद्यार्थीहरुबाट हुने क्षणिक लापरबाहीले जिन्दगीभर असर पर्ने हुँदा आफ्नो क्षमता, पारिवारिक स्थिति र रुचिलाई ध्यान दिएर अध्ययन गर्न मार्गनिर्देश गर्दै प्रमुख प्रजापतिले पैसा कमाउने लोभले होइन, सेवा गर्ने भावनाले पढ्नुपर्छ भन्नुभयो । उच्च शिक्षा अध्ययन गरी योग्य वकिल, राम्रो न्यायाधीश बन्ने इच्छा भएका विद्यार्थीहरुले प्लस टुदेखि नै कानुन विषय अध्ययन गर्नुपर्छ भन्दै उहाँले जीवनमा ठूलो उपलब्धी हासिल गर्ने हो भने ठूलै चुनौतीको सामना गर्ने आँट विद्यार्थीहरुमा हुनुपर्ने बताउनुभयो । नेपालमा विदेशी सम्बन्धनबाट सञ्चालित धेरै कलेजहरु सञ्चालनमा रहेको बताउँदै नेपाली विद्यार्थी विदेश पढाउने ती कलेजहरु अर्को म्यानपावर कम्पनी हुन् भन्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालय व्यवस्थित रुपमा सञ्चालन गर्न विभिन्न विषयमा छलफल गदै अगाडि बढिरहेको बताउँदै विद्यार्थीको सफलतामा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । कलेजका प्रधानाध्यापक रविलाल प्रधानले शिक्षक विद्यार्थीको अथक मेहेनतले विद्यार्थीले राम्रो नतिजा ल्याउन सफल भएकोमा सबैलाई बधाई दिनुभयो । कार्यक्रममा प्रमुख प्रजापतिले एसईईमा शत प्रतिशत उत्तीर्ण भएको अंग्रेजी विषयका शिक्षकहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा सहायक प्रअ राजकुमार ह्यौंमिखा, शिक्षक पुनेन्द्रप्रसाद कुसी, उत्कृष्ट विद्यार्थीद्वय विविशा बिष्ट र निराजन बुढाले पनि बोल्नुभएको थियो ।    

Read More
Back To Top