kathmanduonlinemedia.com

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुभारम्भ

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छे“ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा बिहीबार एक विशेष समारोहबिच सीटी स्क्यानको शुभारम्भ गर्नुभएको छ ।

उक्त शुभारम्भ समारोहमा वरिष्ठ राजनीतिज्ञ बिजुक्छे“ (रोहित) ले ख्वप अस्पतालको सेवा सुविधाबारे विभिन्न कार्यक्रममार्फत टोल–टोलमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता औ“ल्याउ“दै अस्पतालमा प्राप्त स्रोत र साधनको आधारमा जति सक्छ बढी जनताको सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

अरू देशमा हुनसक्ने स्वास्थ्य सेवा हाम्रो देशमा हुन नसक्नुमा सरकारमा जाने पार्टीहरू नै दोषी रहेको धारणा व्यक्त गर्दै उहा“ले बिरामीलाई राम्रो सेवा गर्न सके ख्वप अस्पतालबारे देशभरि राम्रो सन्देश जाने बताउनुभयो । अध्यक्ष बिजुक्छे“ले गुणस्तरीय स्वास्थ्य सेवा सहज ढ·ले उपलब्ध गराउन चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूले जिम्मेवारीपूर्वक कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुभयो ।

शासक दलका नेताहरू भ्रष्टाचारी, ठग, ठेकेदारको वरिपरि घुमिरहेसम्म उनीहरूले सही राजनीति नगर्ने उल्लेख गर्दै उहा“ले सङ्कट परेको बेला क्युवाली चिकित्सकहरू नेपालमा आएर स्वास्थ्य सेवा उपलब्ध गराएझै“ नेपालका चिकित्सक र नर्सहरू पनि अरू देशमा सङ्कट पर्दा सेवा गर्नको लागि तयार भएर बस्नुपर्ने बताउनुभयो ।

देशमा भइरहेको भ्रष्टाचारमात्र रोक्न सकेको भए देशको बजेटभन्दा बढी रकम जोगिने उल्लेख गर्दै अध्यक्ष रोहितले भक्तपुरको शैक्षिक स्तर गुणस्तरीय भएकै कारण अन्य जिल्लाका विद्यार्थीहरू यहा“ अध्ययन गर्न आएका हुन् भन्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख एवम् समारोहका सभापति सुनिल प्रजापतिले ख्वप अस्पतालले भक्तपुरवासीको मात्र होइन देशभरि (७० जिल्ला) का बिरामीलाई राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको बताउनुभयो ।

उहा“ले आधारभूत सेवा निःशुल्क हुने संवैधानिक हुने व्यवस्थाविपरीत स्वास्थ्य बीमा सेवा बन्द गर्दा विपन्नवर्गका जनताको स्वास्थ्य सेवामा असर परिरहेको बताउनुभयो ।

पदमा रहे पनि नरहे पनि शिक्षा र स्वास्थ्य क्षेत्रमा जनताको बढीभन्दा बढी सेवा दिने काम गर्नुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले गुणस्तरीय सेवा दिएर देशकै राम्रो अस्पतालको रूपमा ख्वप अस्पतालले विकास गर्नुपर्छ भन्नुभयो ।

नाफाकेन्द्रित अस्पतालले विपन्न या गरिबवर्गको निम्ति सस्तोमा सेवा नगर्ने हु“दा जनताको अस्पतालले जनताको विश्वास जित्ने उद्देश्यले काम गर्नुपर्नेमा प्रमुख प्रजापतिले जोड दिनुभयो ।

वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले ख्वप अस्पतालले दिनानुदिन सेवा क्षेत्रमा प्रगति गरिरहने विश्वास व्यक्त गर्दै भूकम्प र कोभिडजस्तो कठिन परिस्थितिमा पनि बिरामीको सेवा गरेर ख्वप अस्पतालले जनताको विश्वास जित्न सफल भएको बताउनुभयो ।

निःस्वार्थ र इमानदारीपूर्वक जनताको सेवामा जहिले पनि खटिरहनुपर्ने आवश्यकता औ“ल्याउ“दै उहा“ले देशमा एकातिर खराब, बेथितिजस्ता खबर सुनिरहेको बेला अर्काेतिर भक्तपुर नगरपालिकाको गतिविधिले आशाको सञ्चार गरिरहेको बताउनुभयो ।

ख्वप अस्तापलले उदाहरणीय सेवा गर्न सके देशकै निम्ति फाइदा हुने र जस्तोसुकै सङ्कटको बेलामा पनि स्वास्थ्य सेवा दिन सक्ने वातावरण तयार गरिराख्नुपर्नेमा उहा“ले जोड दिनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नया“ नया“ उपकरणसहितको सेवा सुविधा पु¥याउने अवसर पनि ठुलो उपलब्धि भएको औ“ल्याउ“दै समाजवादी व्यवस्थामा मात्रै सबै स्वास्थ्य सेवा सबै ठाउ“मा पुग्ने बताउनुभयो ।

“सीटी स्क्यान स्वास्थ्य सेवा उपचारको अर्काे भरपर्दाे उपचार विधि हो† चीनको शाननान नगरमा समाजवादी सिद्धान्तको मान्यताअनुसार स्वास्थ्य सेवा उपचार भइरहेको छ,” उहा“ले भन्नुभयो ।

ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा दिन सक्नुमा ख्वप अस्पताल, जनप्रतिनिधि, नगरवासी तथा अग्रज सबैको महŒवपूर्ण देन भएको बताउनुभयो ।

असल नियत राखी असल काम गरे जनताको विश्वास जित्न सजिलो हुने विचार व्यक्त गर्दै उहा“ले सीटी स्क्यान नभएर अन्यत्र पठाइरहेकोमा अब पठाउन नपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्थानीय तहमा सबै प्रावधान पूरा गर्न अनेक कठिनाइ हुने चर्चा गर्दै हिजोआज ८० प्रतिशत स्वास्थ्य उपचार सेवा मेसिनबाट हुने बताउनुभयो ।

सरकारी अस्पतालमा सामान किन उपयोगमा नल्याई थन्क्याउने स्थिति भएकोमा चिन्ता व्यक्त गर्दै उहा“ले गुणस्तरीय स्वास्थ्य सेवा दिन समय सापेक्षअनुसार सुधार हु“दै जाने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नया“ सेवा विस्तार गर्ने उद्देश्यअनुरूप सीटी स्क्यान मेसिनको व्यवस्था भएको उल्लेख गर्दै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ख्वप अस्पतालमा सबैका साथ र सहयोग निरन्तर आवश्यक छ भन्नुभयो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.