kathmanduonlinemedia.com

विश्वका २६ शीर्ष नेताहरूसँगै नेपाललाई उभ्याउने अर्को दुर्लभ अवसर

 

टंकप्रसाद आचार्य र राजा महेन्द्रले जस्तै अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनमा एउटा दुर्लभ अवसर पाउँदैछन्। तियानमेन स्क्वायरमा आयोजना हुने विशाल सैन्य परेडमा उनी विश्वका शक्तिशाली नेताहरूसँगै एउटै बार्दलीमा उभिनेछन्।

यस पटक चीनले आमन्त्रण गरेको शीर्ष नेताहरूको सूची हेर्दा ओलीको उपस्थिति झन् ऐतिहासिक बन्छ :

शिर्ष नेताहरुको नामावाली

सी चिनफिङ – चीनका राष्ट्रपति

भ्लादिमिर पुटिन – रुसी राष्ट्रपति

किम जोङ-उन – उत्तर कोरियाका सर्वोच्च नेता

अनवर इब्राहिम – मलेसियाका प्रधानमन्त्री

उख्ना खुरेल्सुख – मङ्गोलियाका राष्ट्रपति

शाहबाज सरिफ – पाकिस्तानका प्रधानमन्त्री

मोहम्मद मुइज्जु – माल्दिभ्सका राष्ट्रपति

नोरोद्दम सिहामोनी – कम्बोडियाका राजा

लुओङ कुआङ – भियतनामका राष्ट्रपति

थोङलुन सिसौलिथ – लाओसका राष्ट्रपति

प्राबोवो सुबिआन्तो – इन्डोनेसियाका राष्ट्रपति

कासिम-जोमार्ट टोकायेभ – कजाखस्तानका राष्ट्रपति

शौकत मिर्जियोयेभ – उज्बेकिस्तानका राष्ट्रपति

इमोमाली रहमान – ताजिकिस्तानका राष्ट्रपति

सादिर जापारोभ – किर्गिस्तानका राष्ट्रपति

सेर्दार बेर्दिमुहामेदोभ – तुर्कमेनिस्तानका राष्ट्रपति

अलेक्जेन्डर लुकासेन्को – बेलारुसका राष्ट्रपति

इल्हाम अलियेभ – अजरबैजानका राष्ट्रपति

निकोल पसिन्यान – आर्मेनियाका प्रधानमन्त्री

मसुद पेजेस्कियन – इरानका राष्ट्रपति

डेनिस सास्सु न्गुएसो – कङ्गो गणतन्त्रका राष्ट्रपति

इमर्सन मनाङगाग्वा – जिम्बाब्वेका राष्ट्रपति

अलेक्जान्दर भुचिच – सर्बियाका राष्ट्रपति

रोबर्ट फिको – स्लोभाकियाका प्रधानमन्त्री

मिगुएल दिआस-कानेल – क्युबाका राष्ट्रपति

मिन आङ ह्लाइङ – म्यानमारका कार्यवाहक राष्ट्रपति

यी नामहरूले त स्पष्ट देखाउँछन्-प्रधानमन्त्री ओलीको यो यात्रा केवल चीन भ्रमण मात्र होइन, विश्वका २६ शीर्ष नेताहरूसँगै नेपाललाई उभ्याउने अर्को दुर्लभ अवसर हो।

नेपाल-चीन सम्बन्धको प्रसङ्ग आउँदा दुई नाम अनिवार्यरूपमा स्मरण हुन्छन्-राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्य।

टंकप्रसाद आचार्य जनवादी गणतन्त्र चीनको सातौँ वार्षिकोत्सव (सन् १९५६) मा माओ त्सेतुङ र इन्डोनेसियाका राष्ट्रपति सुकार्नोसँगै उभिएर तियानमेन स्क्वायरको सैन्य परेड अवलोकन गरेका थिए।

पाँच वर्षपछि (सन् १९६१) राजा महेन्द्र पनि त्यही ऐतिहासिक बार्दलीबाट जनवादी गणतन्त्र चीनको १२ औँ वार्षिकोत्सव अवलोकन गर्दै माओ र अन्य विश्व नेतासँगै देखिएका थिए। नेपालको इतिहासमा राजा महेन्द्र र टंकप्रसाद आचार्यले प्राप्त गरेको अवसरलाई अहिले प्रधानमन्त्री ओलीले निरन्तरता दिँदैछन्।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.