06
Jan
भक्तपुर नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारको निजामति सेवामा प्रवेश गरेका नवप्रवेशी शाखा अधिकृतहरुको ६ महिना अवधिको ‘आधारभूत प्रशासन प्रशिक्षण’ का प्रशिक्षार्थी अधिकृतहरुको टोलीले आज भक्तपुर नगरपालिकाका पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गर्यो । सोही क्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थी अधिकृतहरुलाई मार्गनिर्देश गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी शैक्षिक संस्थाहरु सञ्चालन गरेकै कारण आज भक्तपुर ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास भइरहेको बताउनुभयो । उहाँले नपाबाट सञ्चालित उक्त कलेजहरुमा देशका विभिन्न ७७ जिल्लाबाट विद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै २०५६ सालमा ख्वप मावि स्थापनासँगै हाल ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अवस्थामा नगरपालिका पुगेको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान…