03
Jul
भक्तपुर भक्तपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले पूर्ण खोप सुनिश्चिततासँगै स्वास्थ्यस्वयम्सेविका र स्वास्थ्यकर्मीहरुमा थप जिम्मेवारी थपिएको बताउँदै सरकारले प्रमाणित गरेका खोपलाई सबैको पहुँचमा पु¥याउन जोड दिनुपर्ने बताउनुभयो । उहाँले कोभिड मानव जीवनको लागि चुनौतीसँग सँगै नयाँ खोप आविष्कार गर्ने अवसर पनि बनेको बताउँदै खोपलाई बेवास्ता गर्न नहुने पाठ कोभिडले सिकाएको बताउनुभयो । त्यस्तै उपप्रमुख रजनी जोशीले स्वस्थ नयाँ पुस्ता तयार गर्न खोपको महत्वपूर्ण भूमिका हुने बताउँदै स्वस्थ र सभ्य समाज निर्माणमा सबैको हातेमालो आवश्यक भएको बताउनुभयो । सो अवसरमा…