५६ हजार ६७३ जना महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध

काठमान्डौ अहिलेसम्ममा ५६ हजार ६७३ जना काठमाडौँ महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुनुभएको छ । यसमा यसमा १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी संक्रमित २ जनासहितका व्यक्ति हुनुहुन्छ । आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाबाट १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरियो । उहाँहरुमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिनुभयो । यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नविकरण गरिए । १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरियो । १ हजार ८७ जनाको विपन्न नागरिक उपचार शिफारिस भयो । वेवारिसे, विपन्न र वेसहाराको निःशुल्क उपचार अन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरियो । नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको जाँच गरियो । किशोरीहरुको रक्तअल्पता स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरीहरुको परीक्षण गरियो । १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व उपलब्ध गराइयो । वडा नम्बर १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स रे सेवा प्रारम्भ गरियो । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्धन केन्द्र स्थापना गरियो । ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा समेत सञ्चालन गरियो । यी केन्द्रसँगै महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपङ्चर सेवा छन् । यसै वर्षदेखि ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुले सेवन गर्ने दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिहरुको लगत संकलन थालनी गरिएको छ । २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइयो । पर्व र विभिन्न अवसर पारेर २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर करिब १५ हजार सेवाग्राहीलाई स्वास्थ्य सेवा र परामर्श प्रदान गरियो । डेङ्गी रोग नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरियो । यस वर्ष खोप सेवा प्राप्त गर्नेहरुको संख्या १६ हजार १८८ जना रहेको छ । स्वयम् सेविका मार्फत ५९ हजार ६२० जनाले सेवा प्रदान गरियो । १० वर्षदेखि १९ वर्षसम्म उमेर समूहका किशोर किशोरी पोषण कार्यक्रमका लक्षित वर्गको संख्या ७३ हजार ८९२ जना थियो । यस समूहका किशोरीहरुलाई आइरन र फोलिक एसिड वितरण गरियो । एक वर्ष अवधिमा १३ हजार ६६० जना शिशुको जन्म भयो । शिशुको सुरक्षित जन्मका लागि गर्भवती आमालाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सुत्केरी आमालाई भिटामिन ए र आइरन चक्की प्रदान गरियो । यस्तै उहाँहरुलाई उत्तर प्रसुति जाँच सेवा प्रदान गरियो । खोप अभियानअन्तर्गत २०७३ साल बैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरुका लागि ओरल पोलियो भ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको थियो । २०८१ जेठ १३ गतेदेखि १९ गतेसम्म चलेको कार्यक्रममा २ लाख ३६ हजार १७२ जना बालबालिका अनुमान गरिएकोमा २ लाख १४ हजार १६५ जना अर्थात् ९० दशमलव ६८ प्रतिशतलाई खोप दिइयो । ५ वर्ष मुनिका बालबालिकाहरुमा हुने रोग नियन्त्रणका लागि ६६ हजार ५१९ जना लक्षित बालबालिका थिए । एमोक्सिसिलिनबाट ११४ जनाको उपचार गरियो । १ हजार ९९१ जना बालबालिका पखालाका कारण उपचारका लागि भर्ना भएकोमा १ हजार ९५६ जनालाई जिङ्क र ओरल रिहाइड्रेसन थेरापीबाट उपचार गरियो । प्रजनन उमेरका महिलाहरुका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएको थियो । उहाँहरुमध्ये ६७० जनाको मेमोग्राम गरियो । ३७० जनाको स्तन परीक्षण गरियो । ५ जनाको स्तनको वायोप्सी गरियो । उहाँहरुमध्ये १ जनामा क्यान्सर देखियो । सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म अध्ययन गर्ने ६ हजार १७५ जना छात्र र ५ हजार ४६२ जना छात्रा गरी ११ हजार ६३७ जनाको आँखा परीक्षण गरियो । नसर्ने खालका रोगको कारण थाहा पाउन १९ हजार २७७ जनामा धुम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा सहभागीमध्ये ८ दशमलव ४ प्रतिशतले नियमित सेवन गर्ने गरेको बताउनुभयो । ७८ दशमलव ६ प्रतिशतले कहिल्यै सेवन नगरेको बताउनुभयो । यस्तै २३ दशमलव १ प्रतिशले कहिलेकाहीँ मद्यपान सेवन गर्ने गरेको बताउनुभयो । ६८ दशमलव ५ प्रतिशतले कहिल्यै मद्यपान नगरेको बताउनुभयो । यस आर्थिक वर्षका लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपियाँ बजेट विनियोजन गरेको थियो । यसमा आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख ८ हजार ८ सय रुपियाँ, नेपाल सरकारबाट प्राप्त ९ करोड ३८ लाख ६८ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट प्राप्त २ करोड ९१ लाख ८० हजार रुपियाँ थियो । यसरी विनियोजित रकममध्ये आन्तरिक स्रोततर्फ ५५ दशमलव ६४ प्रतिशत वित्तीय प्रगति र ७६ प्रतिशत भौतिक प्रगति भएको छ । नेपाल सरकारबाट प्राप्त रकमको बित्तीय प्रगति ९३ दशमलव २६ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । प्रदेश सरकारबाट प्राप्त रकमको वित्तीय प्रगति ९६ दशमलव ५१ प्रतिशत र भौतिक प्रगति शतप्रतिशत भएको छ । कुल विनियोजित रकमको वित्तीय प्रगति हेर्दा ६५ दशमलव ८६ प्रतिशत प्रगति भएको छ । गएको वर्षका सिकाइबाट विभागले यस वर्ष स्वास्थ्य विमा प्रथम विन्दु विस्तार गर्ने, केन्द्रीय प्रयोगशाला सञ्चालन गर्ने, सेवाग्राहीहरुको डिजिटल हेल्थ प्रोफाइल तयार पार्ने योजना कार्यान्वयन गरिरहेको छ । वडाबासीलाई प्राथमिक उपचार र आकस्मिक उपचार सन्बन्धी तालिम दिने, सामुदायिक विद्यालयहरुमा लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने, आँखा, दाँत र रक्त अल्पताको स्क्रिनिङ् तथा प्रारम्भिक उपचार गर्ने, ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने योजनालाई कार्यान्वयन गरिँदैछ ।महानगरको सूचना शाखाबाट काठमाण्डौ अनलाइन प्राप्त भएको थियो !  

Read More

यम बुद्द इस्केट पार्क आधा काम भैसकेको काठमान्डौ मेयरको जानकारी

३ वर्षको संघर्षपछि यमबुद्ध Skateboard पार्कको सपना साकार हुँदैछ!मेयर बनेको सुरुदेखि नै हाम्रो पहिलो लक्ष्य काठमाडौंलाई सबैको लागि सहर बनाउनु थियो। सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहना अनुसारको शहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ। सुरुमै बजेट छुट्याइएको थियो काठमाडौ महानगर वार्ड १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो तर तत्कालीन वडा अध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधन पछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौ ,त्यस पछि अर्को २ वडामा कोसिस गर्यौ । नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन। तर काठमाडौं–५ का वडा अध्यक्षज्यू बिरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण गर्नु भएको रहेछ सोही जग्गामा उहाहरुको अग्रसरतामा सोही अन्ततः २०८१/ २/२९ गते देखि काम अघि बढ्न थाल्यो। अहिले यो पार्कको निर्माण फेजमा छ, करिब आधा काम पूरा भइसकेको छ। यो पार्क केवल खेल्ने ठाउँ मात्र होइन, युवाहरूको संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा निर्माण भइरहेको छ। अहिले निर्माण करिब ५०% पूरा भइसकेको छ। यस पार्कमा मुख्य विशेषता भने अरु पार्कमा भन्दा फरक शैलीमा बन्दै छ! प्रमुख संरचनाहरू: अन्तर्राष्ट्रिय स्तरको स्केटबोर्डिङ्ग एरिया (र्याम्प्स, बोल्स र स्ट्रिट्स सहित) बालबालिकाको खेलमैदान ओपन जिम ट्वाइलेट ब्लक भलिबल कोर्ट निर्माण कम्पनीले समयमै निर्माण सम्पन्न गर्ने कुरामा भने दुबिधा छन् !नेपालमा हरेक निर्माण कार्यहरु समयमा सकिएको अझै सम्म न्यून संख्याको रेकर्ड नेपालमा प्रसस्तै छन्!  

Read More

ईन्द्रजात्राको पहिलो दिन उपाकु पदयात्राको ट्राफिक व्यवस्थापन

  ईन्द्रजात्रा २०८२ को पहिलो दिन उपाकु पदयात्राको क्रममा हुने भिडभाडलाई व्यवस्थापन गर्न निम्न स्थानहरुबाट डाईभर्सन गरिने हुँदा अतिआवश्यक बाहेकका सवारी साधनहरु सो रुट भएर संचालन नगरीदिनुहुन अनुरोध गरिन्छ । डाईभर्सन गरिने स्थानहरु:- बिर अस्पताल, ट्रमा सेन्टर, न्यूरोड गेट, काठमाण्डौं मलको गल्ली, सुन्धारा नयाँ गल्ली, सुन्धारा मूल बाटो, भोटेवहाल पिपलवोट, भोटेवहाल ओरालो, भोटेवहाल अरनिको स्कुल गल्ली, भोटेवहाल (त्रिपुरा मार्ग) मूल सडक, मचली (त्रिपुरा मार्ग), गोफल, टेकु चोक, बण्डे, ह्यूमत, दलाक्षी, जैशिदेवल, यंगाल, क्वहिटी, परोपकार, भिमसेन स्थान, रामघाट, छवासा पाखा, शान्ति निकुञ्ज गल्ली परोपकार, काष्ठमाण्डप, प्याफल, नमुना विहार कंग, ध्वाख्वाछे गल्ली, दमाईचा घाट गल्ली, केताहिटी, ताम्सीपाखा, टेगल रक्तकाली, क्षेत्रपाटीपार्टी प्यालेस दक्षिण गेट मूनी, क्षेत्रपाटी पब्लिक युथ कलेज, पंकनाजोल (कालधारा तथा सात गुम्ती), चाक्सीबारी (काठमाडौ गेष्ट चोक), ठमेल चोक, ढलको चोक, क्वावहाल चोक, ठमेल संचय कोष, ज्याथा चोक, ज्याथा छुस्या गल्ली, जमल ज्याथा जाने गल्ली, जमल कमलाक्षी, भोटाहिटी, असन, भेडमसिंह, मखन महादेव । स्थानीय र यस क्षेत्रमा अवाताजवात गर्ने सबैलाई सहज गर्न ट्राफिक प्रहरीले रुट ब्यवस्था गरिएको जानकारी काठमाडौं अनलाइन जनाकै दिनुभएको छ !  

Read More

जनार्दन शर्माको आरोप आफैतिर फर्किएको

    माओवादी नेता जनार्दन शर्मा प्रभाकर शान्ति प्रक्रियासँगै थुप्रै लाभका पदहरु लिने मध्येका एक नेता हुन् । उनले लिएका लाभ र उनीमाथिका आरोपहरु तपाईका लागि उपयोगी हुन सक्छन् । -शान्ति तथा पुनर्निर्माण मन्त्री (२०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म) -ऊर्जा मन्त्री (२०७३ साउन ३० देखि २०७४ जेठ २४ सम्म) -गृह मन्त्री (२०७४ वैशाख २४ देखि २०७४ असोज ६ सम्म) -अर्थ मन्त्री (२०७४ असोज ६ देखि २०७४ पुस २८ सम्म) -अर्थ मन्त्री (२०७८ असार २९ देखि २०७९ असार २२ सम्म) प्राप्त सुविधाहरूः -मन्त्रीको मासिक तलब, भत्ता, र अन्य आर्थिक सुविधाहरू। -सरकारी गाडी र चालक सुविधा। -मन्त्रीका लागि सरकारी निवास वा आवास भत्ता। -मन्त्रीको हैसियतमा व्यक्तिगत सुरक्षा र सुरक्षाकर्मीहरू। -मन्त्रीको कार्यालय सञ्चालनका लागि कर्मचारी, सल्लाहकार, र अन्य सहयोगीहरू। -आधिकारिक भ्रमण, बैठक, र अन्य सरकारी कामका लागि यात्रा भत्ता र खर्च। -सरकारी अस्पताल वा विशेष स्वास्थ्य सुविधाहरू। २०७७ माघमा माओवादी केन्द्रका मन्त्रीहरू विनाविभागीय बनाइएका थिए, तर उनीहरूले राजीनामा नदिएर सरकारी सुविधाहरू प्रयोग गरिरहेको भन्दै आलोचना भएको थियो। त्यसमा जनार्दन शर्मा पनि थिए । विभिन्न भ्रष्टाचारका आरोप र काण्डहरू: -जनार्दन शर्मा अर्थमन्त्री हुँदा (२०७८ असार २९ देखि २०७९ असार २२) बजेट निर्माणको समयमा मन्त्रालयमा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप । यो आरोपका कारण उनले २०७९ असार २२ मा अर्थमन्त्री पदबाट राजीनामा दिए। -जनार्दन शर्मामाथि २०८१ अर्थमन्त्री हुँदा अन्तःशुल्क सम्बन्धी नीतिगत भ्रष्टाचारमा संलग्न भएको आरोप लाग्यो। यो काण्डमा अर्थ मन्त्रालयका तत्कालीन सचिव पुष्करसँगै उनको नाम पनि जोडिएको थियो।  

Read More

नेपाल लाइफ इन्सुरेन्सले ट्राफिक प्रधान कार्यलयमा स्मार्ट बोर्ड प्रदान

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका CEO प्रवीण रमण पराजुलीद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई हस्तान्तरण गरिएको Smart Board ग्रहण गर्नुहुँदै यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीज्यू साथमा यस का.उ.ट्रा.प्र.का रामशाहपथका प्रहरी कर्मचारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पदाधिकारीहरु सहभागी भएको थियो!

Read More

चश्मा (Sun Glass) हस्तान्तरण कार्यक्रम

  काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई नेत्र ज्योती संघ त्रिपुरेश्वरका अध्यक्ष चेतराज पन्त ज्यू लगायतका पदाधिकारीहरुले ट्राफिक प्रहरीले ड्यूटीमा खटिदा धुलो, धुवाँ र घामबाट सुरक्षित राख्नका लागि १८०० थान चश्मा (Sun Glass) हस्तान्तरण कार्यक्रम समपन्न गरेको छ |  

Read More

चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको बैठक सम्पन्न

ल्हासा-तिब्बत नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगा“ठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको बैठक असार १० (जुन २४, २०२५) गते तिब्बतको ल्हासा शहरमा सम्पन्न भयो । विदेशी शहरसंग भगिनी सम्बन्धका लागि सिचाङ जनमैत्री संघ र तिब्बतस्थित नेपाली महावाणिज्यदुतावासको संयुक्त आयोजनामा Share.Build.Create Together भन्ने मूल नारासहित उक्त बैठक भएको थियो । बैठकको औपचारिक समारोहमा बोल्नुहु“दै सिचाङ स्वशासित क्षेत्र जनसरकार उपाध्यक्ष झाओ फेङले परम्परादेखि चल्दै आएको दुई देशबीचको सरकारी र जनस्तरको सम्बन्ध दुवै देशले इमान्दारिपूर्वक निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । उहा“ले तिब्बती भूमि चीनको अविभाज्य अंगको रुपमा रह“दै आएको तथ्यलाई नेपालले इतिहासदेखि नै स्विकार्दै आएको र एक चीन नीतिको दृढतापूर्वक सम्मान गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहा“ले भन्नुभयो, ‘नेपालसंग मैत्री सम्बन्ध स्थापित भएको चीनको पहिलो प्रान्त तिब्बत हो । आपसी भगिनी सम्बन्ध स्थापना भएका चीनका नगरपालिकहरुमध्ये तिब्बतका मात्र सात वटा नगरसंग नेपालका आठवटा विभिन्न नगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका छन् । दुई देशबीच सरकारी र जनस्तरमा नै आर्थिक, सा“स्कृतिकर व्यापारिक आदानप्रदान भइरहेको छ ।’ उपाध्यक्ष झाओ फेङले तिब्बतमा मानव सभ्यतालाई प्रकृतिसंग सामञ्जस्यता कायम गर्दै आधुनिक विकासको गतिलाई तिब्रता दिइएको उल्लेख गर्दै तिब्बतको कूल क्षेत्रफलको एक तिहाई प्राकृतिक संरक्षण क्षेत्र घोषणा गरिएको, जसमा ४७ वटा संरक्षण क्षेत्रहरु रहेको चर्चा गर्नुभयो । उहा“ले तिब्बतको आधुनिक विकासमा चिनिया विशेषतासहितको समाजवादमा राष्ट्रपति सि जिङफिङ विचारधाराको योगदान रहेको प्रष्ट पार्नुभयो । बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुवै देशको हिमाली सभ्यतालाई अगाडि बढाउन बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै चीन सरकारले सन् २०१३ बाट शुरु गरेको विश्वव्यापी आर्थिक विकास तथा सहयोग कार्यक्रम अन्तर्गत एक मार्ग एक क्षेत्र अगुवाई-Belt and Road Initiative-BRI_ को नेपाल पनि अंग बन्न पाएकोेमा खुशी व्यक्त गर्नुभयो । उहा“ले नेपालको कानुनी व्यवस्था अनुसार सबै पालिकाहरु आ–आप्mनो बजेटसभामा व्यस्त भइरहेको समयमा पनि भगिनी नगरहरुबीचको बैठकलाई प्राथमिकता दिनुले दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सम्वेदनशील बनेको स्पष्ट भएको बताउनु भयो । वागमती प्रदेशका मुख्य सचिव भुपाल बरालले सिचाङ प्रान्तका नगरहरुबीच भगिनी सम्बन्ध कायम गरेका बागमती प्रदेशका ७ वटा पालिका र गण्डकी प्रदेशको १ वटा पालिका रहेको जानकारी दि“दै दुई देशका पालिकाहरुबीच सा“स्कृतिक आदानप्रदानले हाम्रो दृष्टिकोणलाई फराकिलो पार्ने विश्वास व्यक्त गर्नुभयो । ल्हासास्थित नेपाली महावाणिज्यदुत लक्ष्मी प्रसाद निरौलाले तिब्बती राजा स्रङचङ गम्पोसंग नेपाली चेली भृकुटीको विवाहसंगै नेपाली कलाकृति, संस्कृति र व्यापारिक सम्बन्ध तिब्बतमा वृद्धि भएको उल्लेख गर्दै तिब्बतको आधुनिक विकासले तिब्बतसंग सिमाना जोडिएका नेपालका जिल्लाहरुमा सकारात्मक प्रभाव परेको बताउनुभयो । भक्तपुर नगरपालिकाको तर्फबाट बैठकमा सहभागी भएका वडाध्यक्ष रविन्द्र ज्याख्वले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत पार्न चिनिया“ सरकारले नेपालमा विकासका पूर्वाधार निर्माणसंगै नेपाली विद्यार्थीहरुलाई चिनिया विश्वविद्यालयहरुमा अध्ययन गर्ने सुविधा प्रदान गरेकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहा“ले नेपालमा २०७२ सालको विनाशकारी भूकम्प र कोभिड महामारीको समयमा नेपाली जनतालाई चिनिया“ सरकारको तर्फबाट प्राप्त भौतिक तथा स्वास्थ्य सामग्री सहयोगप्रति कृतज्ञता जनाउनुभयो । भक्तपुर नगरपालिका र शान नान नगरपालिकाबीच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले शान नान नगरका तत्कालीन उपप्रमुख मु योङवनको नेतृत्वमा आएको टोलीले सन् २०२४ जुलाई २२ देखि २५ सम्म भक्तपुरको भ्रमण गरी दुई पालिकाबीचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाएको स्मरण गर्नुभयो । वडाध्यक्ष ज्याख्वले दुई देशका पालिकाहरुबीच आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा सा“स्कृतिक, आर्थिक, शैक्षिक, पर्यटन लगायतका विषयमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भन्नुभयो, ‘दुवै देशहरुमा भाषा शिक्षण, साहित्य अनुवाद र हाम्रा ऐतिहासिक सम्बन्ध तथा आदानप्रदानबारे प्राज्ञिक अनुसन्धान जस्ता पहलहरुले दुई देशका पालिका तथा जनताहरुबीचको समझदारीलाई अझ गहिरो बनाउने विश्वास छ ।’ शान नान नगरपालिकाका उप प्रमुख हान लियाङले स्रङचङ गम्पोको मूल निवास शान नानमा हुनु र नेपाली राजकुमारी भृकुटीलाई विवाह गरी शान नानमा उनकै लागि दरवार निर्माण गरिनु ऐतिहासिक उपलब्धी भएको चर्चा गर्दै भक्तपुर नगरपालिका र शान नान नगरपालिकाबीचको भगिनी सम्बन्धले गौरवानुभूति भएको बताउनुभयो । बैठकमा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमारव्यान्जुश्रेष्ठ, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, भरतपुर महानगरपालिकाका वडाध्यक्ष विकास थापा र काठमाण्डौ महानगरपालिकाका प्रतिनिधि नुरनिधि न्यौपानेले पनि बोल्नुभयो । त्यसैगरी सिचाङ स्वायत्त प्रदेशका तर्फबाट ल्हासाका उप प्रमुख पासाङ तुओजी, रिगात्जे नगरका प्रमुख वाङ फाङहोङ, लिन्झी नगरका उप प्रमुख लिउ चुङसियाङ, छङ्तु नगर पार्टी समितिका तेङ वेङछाङ, नाचु नगरका मेयर चाङ्सी तुओजी र आली प्रिफेक्चरका कमिसनर शि युहुइले दुई देशका पालिकाहरुबीचको भगिनी सम्बन्धका विभिन्न आयामहरुबारे जानकारी दिनुभयो । औपचारिक समारोहकै क्रममा नेपालको धुलिखेल नगरपालिका र सिचाङ स्वायत्त क्षेत्र अन्तर्गत आली प्रिफेक्चरका बीचमा भगिनी सम्बन्धको औपचारिक सहमति पत्रमा हस्ताक्षर गरिएको थियो । यसअघि बनेपा नगर र रिकात्जे नगरबीच सन् १९९९ अक्टोबर ६ मा, पोखरा महानगर र लिन्झी नगरबीच सन् २००८ अक्टोबर २१ मा, काठमाण्डौ महानगर र ल्हासाबीच सन् २०११ अगस्ट २७ मा तथा भक्तपुर नगर र शान नान नगरबीच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको थियो । त्यस्तै जिरी नगर र छङ्तु नगरबीच सन् २०२१ मार्च २२ मा, टोखा नगर र नाचु नगरबीच सन् २०२२ जुन १६ मा तथा भरतपुर महानगर र रिकात्जे नगरबीच सन् २०२३ नोभेम्बर ९ मा भगिनी सम्बन्ध स्थापित भएको थियो ।

Read More

नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षकले सगरमाथा आरोहण सफल

  नेपाल प्रहरी सेवामा रहेको कुन्जाङ छोपेल शेर्पाले विश्वको अग्लो हिमाल सगरमाथा सफलता पुर्बक आरोहण गरेको छ| नेपालमा शेर्पा समुदायहरु नेपालमा आउने पर्यटकलाई सगरमाथा आरोहण गर्न साथ सहयोग गर्ने क्षेत्र पर्यटन व्यावसाय धेरै जसो देखिन्छ| हिमालि जिल्लाहरुमा प्राय शेर्पा समुदायको बासोबास अनि त्यहि जिल्लामा अग्ला अग्ला हिमालहरु हुने हुदा शेर्पा समुदायहरु हिमालि बाताबरणसंग सहज रुपमा घुलमिल एबम मौसमसंग सहजै बस्न सक्ने शारीरिक स्वास्थ्य अनुकुल हुन्छा त्यसै कारण शेर्पा समुदायले हिमाल आरोहण गर्न अन्य क्षेत्रको मानिसहरुलाई भन्दा अलि सहज र बाताबरणमय हुन्छा नेपाल प्रहरीबाट सफल आरोहीलाई नेपाल प्रहरी प्रमुखले बधाई तथा सुभकामना दिनुभएको छ | आज मिति २०८२/०२/०५ गते ०८:५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गर्नु भएकोमा प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक बधाई-प्रहरी प्रमुख दीपक थापा

Read More

काठमाडौंको मखन गल्लीमा ग्यास पड्किएर आगलागी

काठमाडौं काठमाडौंको मखन गल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको अनुसन्धानबाट थाहा भएको छ । बुधवार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो । श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तलाबाट सुरु भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्कि घरमा समेत फैलिएको थियो | आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ । मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । आगलागी सुरु भएपछि काठमाडौँका एसएसपी विश्व अधिकारी घटनास्थलमा पुगेका थिए । ६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका छन् । प्रहरी वृत्त जनसेवाका डीएसपी कृष्णकुमार चन्द नेतृत्वको टोलीले आगलागीमा परेका ३ जनालाई उद्धार गरेका छन् । घटनास्थलबाट १ महिला, १ पुरुष र १ जना बच्चाको उद्धार गरिएको एसपी बोहराले बताए । आगो सवा ८ बजे नियन्त्रणमा आएको छ ।  

Read More

माईकोचिपिङ प्रक्रिया महानगरमा लागु भएकै हो

  प्रस्तुत विषयम काठमाडौँ महानगरपालिकवाट मिति २०८१/१२/२० मा गोरखापत्र दैनिकमा काठमाडौं महानगरपालिका क्षेत्रका कुकुर/विरालोलाई माईकोचिपिङ गराई सम्वन्धित वडा कार्यलयमा दर्ता गराएर मात्र पाल्नु हुन र माईकोचिपिङ लगाएर मात्र विक्रि वितरण गर्नु/गराउनु हुन भनी सूचना प्रकाशित भएको र काठमाडौं महानगरपालिकाका कुकुर/विरालो वन्ध्याकरण, भ्याक्सिनेसन तथा अभिलेखन कार्यविधि, २०८० को अनुसूची (३) मा कुकुर/विरालोमा धनीको विवरणको ढाँचा रहेकोले सोही वमोजिम नेशनल भेटेरिनरी काउन्सिल प्राप्त डाक्टरवाट पहिचान (माईकोचिप गराई वडा कार्यालयमा दर्ता गर्ने/गराउने व्यवस्था गराउन साथै यस विषयमा कुनै दुविधा भएमा काठमाडौं महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका वरिष्ठ पशु चिकित्सक (दशौं) को सम्पर्क नं. ९८५११२९६१७ मा सम्पर्क गर्नु होला । माईकोचिपिङ गराउन काठमाडौं महानगरपालिकाको ३६ औं नगर सभावाट अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक ऐन, २०८१ को पाना नं. ८१ र ८६ अनुसार स्थानीय कुकुरको निःशुल्क र विदेशी प्रजातिको प्रति कुकुर रु २,०००/- (दुई हजार मात्र) राजश्व लिई दर्ता गराउने कानूनी व्यवस्था रहेको सोही अनुसार गर्नु/गराउनु हुन अनुरोध गरिन्छ।  

Read More
Back To Top