भक्तपुरका नगर प्रमुख सुनिल प्रजापति बर्दिबास नगरपालिकामा

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विभिन्न जिल्ला र स्थानीय तहहरुको अध्ययन भ्रमणका क्रममा आज महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीसँग भेट गर्नुभयो । प्रमुख क्षेत्रीले प्रमुख प्रजापतिसहितको टोलीलाई बर्दिबास नपामा खादा ओढाएर स्वागत गर्नुभयो । उक्त भेटघाटमा उहाँहरुबीच दुई नगरपालिकाका विभिन्न पक्ष र देशको समसामयिक राजनीतिक विषयमा छलफल भयो । प्रमुख प्रजापतिले भक्तपुर नेपालको सबैभन्दा सानो सहर हुनुका साथै धेरै जनसंख्या भएको सहर भएको बताउँदै भक्तपुर नेपालको सबैभन्दा धेरै घुम्न जाने पर्यटकीय गन्तव्य हो भन्नुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा गरिरहेका उदाहरणीय कामहरुबारे अवगत गराई नपाले सातवटा कलेजहरु सञ्चालन गर्नुका साथै गरिब तथा जेहेनदार विद्यार्थीहरुmलाई छात्रवृत्ति र आर्थिक रुपले विपन्न विद्यार्थीहरुलाई शैक्षिक ऋणको पनि व्यवस्था गर्दै आएको बताउनुभयो । प्रमुख प्रजापतिले देशको वर्तमान राजनीतिक अवस्थाले देशलाई अराजकतातर्फ लाने सम्भावना भएको बताउँदै देशलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुपर्ने बताउनुभयो । बर्दिबास नपाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले स्थानीय सरकार आएपछि बर्दिबास नपामा धेरै विकासका गतिविधिहरु अगाडि बढेको स्मरण गर्दै स्थानीय सरकारलाई स्वायत्त रुपमा काम गर्न धेर्र कठिनाइहरु रहेको उल्लेख गर्नुभयो । जेनजी आन्दोलनले देशैभरिका सरकारी कार्यालयहरुमा भएको आगजनी र तोडफोडले देशलाई थप आर्थिक भार परेको बताउँदै उहाँले देश पुनः पहिलेको अवस्थामा आउन अझ धेरै समय लाग्ने बताउनुभयो भेटमा बर्दिबास नपाका उपप्रमुख तारादेवी महत्तोले बर्दिबास नपाले गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा र सबै नगरबासीहरुको लागि निःशुल्क रगतको व्यवस्था गर्दै आएको बताउनुयभो । बर्दिबास नपाभित्र ५२ वटा विद्यालयहरु रहेको र ती विद्यालयमा पठनपाठनको लागि शिक्षकको अभाव रहेको औंल्याउँदै उपप्रमुख महत्तोले बर्दिबास नपामा विभिन्न जातजाति, भाषाभाषीका जनताहरुको बसोबास रहेको बताउनुभयो । बर्दिबास नपाभित्र मुसहर बस्ती पनि रहेको उल्लेख गर्दै उहाँले नपाभित्र उत्पादित कृषिजन्य वस्तुहरु काठमाडौं उपत्यकामा निर्यात पनि हुँदै आएको बताउनुभयो । उक्त भेटघाटमा भक्तपुर नपाको तर्फबाट वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा र कार्यपालिका सदस्य रोशनमैंया सुवाल पनि हुनुहुन्थ्यो । त्यस्तै बर्दिबास नपाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी, कार्यपालिका सदस्य, न्यायिक समितिमा कर्मचारीलगायतको पनि उपस्थिति थियो । भेटपश्चात नगर प्रमुख प्रजापतिले प्रमुख क्षेत्रीलाई नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो |  

Read More

नगर प्रमुख प्रजापति र डा. पुकार चन्द्र श्रेष्ठबीच बिदाइ भेट

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र अवकाश प्राप्त शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक एवम् वरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठबीच आज बिदाइ भेट भयो । नगर प्रमुख प्रजापतिले भक्तपुरको परम्परागत भादगाउँले टोपी र खादा ओढाएर उहाँलाई बिदाइ गर्नुभयो । सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको स्वास्थ्य क्षेत्रको विकासमा अंग प्रत्यारोपण केन्द्रको भूमिका उल्लेखनीय रहेको बताउँदै बिरामीको निःस्वार्थ रुपमा सेवा गरी एक इमानदार चिकित्सकको परिचय बनाउन सफल हुनुभएकोमा डा. श्रेष्ठको प्रशंसा गर्नुभयो । डा. श्रेष्ठको तीन कार्यकाल सफल रहेको बताउँदै उहाँले भक्तपुरको स्वास्थ्य क्षेत्रको विकासमा पु¥याउनुभएको योगदानको लागि धन्यवाद दिनुभयो । उहाँले सरकारी सेवाबाट अवकाश लिए पनि स्वास्थ्य क्षेत्रमा देशलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गर्नुभयो । भक्तपुरमा हुने सभा सम्मेलनमार्फत स्वास्थ्य सम्बन्धी जानकारी दिएर मृगौलासम्बन्धी जनचेतना फैलाउनमा डा. पुकारको ठूलो योगदान रहेको पनि बताउनुभयो । भेटमा डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रमा आफूले तीन कार्यकाल अर्थात् १२ वर्ष काम गरिसकेको प्रष्ट पार्दै केन्द्रले हालसम्म १५०० भन्दा बढीको मृगौला प्रत्यारोपण र ३५ वटा कलेजो प्रत्यारेपण सम्पन्न गरेको जानकारी दिनुभयो । केन्द्रको हरेक काममा नगरपालिकाको साथ र सहयोग अविस्मरणीय रहेको बताउँदै उहाँले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको विकासमा निरन्तर क्रियाशील रहने बताउनुभयो । भेटपश्चात प्रमुख प्रजापतिले डा. श्रेष्ठलाई नगरपालिकाका प्रकाशन र प्रसिद्ध ‘मयुर झ्याल’ मायाको चिन्हको रुपमा प्रदान गर्नुभयो ।  

Read More

भूमि समस्या समाधानबारे जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर नेपाल सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने र भूमिसम्बन्धी समस्या समाधान गर्न भूमि समस्या समाधान आयोग गठन गरेको छ । सोही विषयमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भूमि समस्या समाधान आयोग, जनप्रतिनिधि तथा कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सरकारले नागरिकहरुलाई आवासको हक सुरक्षित बनाउने नाउँमा पटक पटक सुकुम्बासी समस्या समाधान आयोगहरु गठन गरे पनि समस्या समाधानमा हुन नसकेको बताउनुभयो । भूमिहीनलाई जग्गा उपलब्ध गराउनु भन्दा प्रत्येक नागरिकलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गर्नु आवश्यक भएको बताउँदै उहाँले भूमिहीन दलित र सुकुम्बासीहरुलाई आफू बसोबास गर्दै आएको जग्गा दिने व्यवस्थाले ठूलो चुनौती थपिने सक्ने धारणा राख्नुभयो । अभिमुखीकरण कार्यक्रममा भूमि समस्या समाधान आयोगका उपाध्यक्ष सनतकुमार कार्कीले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी र उत्पीडित वर्गको पक्षमा काम गर्नका लागि आयोगको गठन भएको बताउनुभयो । भूमिहीन सुकुम्बासीको पहिचान स्थानीय तहबाट मात्र सम्भव हुने हुँदा स्थानीय तहको सक्रियताले आयोगको काम अगाडि बढाउन मद्दत पु¥याउने उहाँले प्रष्ट पार्नुभयो । कार्यक्रममा आयोगका सदस्य तथा बागमती प्रदेश संयोजक गुञ्जकुमार खड्काले आयोगको उद्देश्य, काम, कर्तव्य र अधिकार क्षेत्रबारे प्रस्तुतीकरण र छलफलमा उठेका जिज्ञासामाथि पनि प्रष्ट पार्नुभयो । अभिमुखीकरण कार्यक्रम भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति भक्तपुरका अध्यक्ष दिपक बिसुन्खे र भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।  

Read More

भक्तपुर काण्ड (भाद्र ९, कालो दिन) को स्मरणमा कर्मचारीहरुबीच भत्र्सना कार्यक्रम

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीलाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती सरकारले रचेको षड्यन्त्र ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम शुक्रबार भक्तपुर नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतले समाज, देश र जनताको लागि निःस्वार्थपूर्वक सेवामा लाग्ने नेता र कार्यकर्ताहरुविरुद्ध कुनै पनि षड्यन्त्र हुन सक्ने तर्फ सचेत र संगठित भएर बस्नुपर्ने विचार व्यक्त गर्नुभयो । भक्तपुर काण्ड नेपालको राजनैतिक इतिहासमा राज्य स्तरबाट रचिएको नियोजित षडयन्त्र हो भन्दै इतिहास दोहोरिन्छ तर फरक ढंगले, त्यसकारण यस्तो षड्यन्त्रहरु फेरि फेरि पनि हुन सक्नेतर्फ सजग हुनुपर्ने बताउँदै राजनैतिक रुपले सचेत र संगठित व्यक्तिले जस्तोसुकै संकट सामना गर्न सक्षम हुने उहाँले बताउनुभयो । नेमकिपाले प्रतिकृयावादी संघ संस्थाभित्र गएर जनताको सेवा गर्ने नीतिअनुुसार पंचायती व्यवस्थाले गरेका हरेक निर्वाचनलाई उपयोग गरी पंचायत विरोधी संघर्षलाई तीब्र बनाउ“दै लगेको स्पष्ट पार्दै उहाँले नेमकिपाले निर्वाचनलाई उपयोग गरेर पञ्चायतका विकृतिहरु जनतासमक्ष उदंग्याउने काम गरेको बताउनुभयो । कामदार वर्गले निरन्तर पू“जीपति वर्गको विरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्ने र शत्रुसामु लचिलो नभइ झन् कठोर भएर प्रस्तुत हुनुपर्ने पाठ भक्तपुर काण्डले सिकाएको प्रमुख प्रजापतिले स्पष्ट पार्नुभयो । जस्तोसुकै प्रतिकुल अवस्थामा पनि अनुकूलता खोजी काम गर्न उत्साहित गर्दै उहाँले का. राहितद्वारा लिखित फाँसी दे पुस्तक त्यसकै एउटा दरिलो उदाहरण हो भन्नुभयो । भक्तपुर काण्डले महिलाहरुलाई पनि राजनैतिक रुपमा संगठित हुन सिकाएको बताउँदै उहाँले कम्युनिष्टहरुले कसरी राम्रो काम गर्ने उदाहरण भक्तपुरले देखाएको बताउनुभयो । उपप्रमुख रजनी जोशीले भक्तपुर काण्डजस्तो षड्यन्त्र जुनसुकै बेला फेरि दोहोरिन सक्छ भन्दै नेमकिपाले हरेक वर्ष भक्तपुर काण्डको भत्र्सना गर्दै नयाँ पुस्तालाई सचेत पार्ने काम गर्दै आएको बताउनुभयो । नेमकिपाले बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, मोहियानी हक संरक्षणको आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै सामन्तवाद तथा पू“जीवादविरोधी आन्दोलनमा सकृय भूमिका खेल्दै आएको बताउ“दै उहाँले असल मानिसलाई फसाउन खोज्नेहरु आपैm नष्ट हुन्छन् भन्ने एक उदाहरण भक्तपुर काण्ड बनेको बताउनुभयो । कार्यपालिका सदस्य रोशनमैंया सुवालले भक्तपुर काण्डको समयमा भएका षड्यन्त्रहरुबारे प्रष्ट पार्दै भक्तपुर काण्डमा महिलाहरुले अदम्य साहसका साथ राज्यस्तरको खुला षड्यन्त्रविरुद्ध एकजुट भई डटेर काम गरेको स्मरण गर्नुभयो । उहाँले नेमकिपालाई समुल नष्ट पार्ने उद्देश्यले राज्यस्तरबाटै भएको भक्तपुर काण्डको षड्यन्त्र रचिएको हो भन्दै भक्तपुर काण्डबारे भएको जालसाजीपूर्ण सर्जजमिनबारे स्पष्ट पार्नुभयो । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले भक्तपुर काण्डले नै पञ्चायती व्यवस्थाको अन्त्य गर्न सघाउ पु¥याएको बताउँदै उक्त समयमा कर्मचारीहरुलाई जबरजस्ती अवकाश लिन लगाउने, धम्की दिनेलगायतका त्रास उत्पन्न गराउने गतिविधिहरु भएको बताउनुभयो । उहाँले भक्तपुर काण्डको समयमा नगरपालिकाका कर्मचारीहरुलाई पनि झुटो मुद्दामा फसाएर चरम यातना दिएको आज पनि स्मरणीय भएको बताउनुभयो । कार्यक्रममा एशोसियसनका सहसचिव विकास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको थियो भने सदस्यद्वय दिलकृष्ण माक र राजेश दिस्तीले पनि भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।  

Read More

नगर प्रमुख प्रजापति र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनबीच भेटघाट

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले आज नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुर नगरपालिकामा सञ्चालित शैक्षिक संस्था र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटबीच सहकार्य स्थापना र चिनियाँ भाषा पठनपाठन विषयमा छलफल भयो । सो क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यालय तथा कलेजहरुमा चिनियाँ भाषाका कक्षा सञ्चालन भइरहेको र नगरपालिकाले पनि चिनियाँ भाषालगायत विभिन्न विदेशी भाषाको तालिम सञ्चालन गर्दै आएको बताउनुभयो । भक्तपुर भित्रिने पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको बताउँदै उहाँले नगरपालिकाले चिनियाँ भाषाका पथप्रर्शकहरुको व्यवस्था पनि गर्दै आइरहेको बताउनुभयो । चिनियाँहरुको नेपाल भ्रमणले नेपाली जनताहरुलाई उत्साहित गरेको बताउँदै उहाँले नेपाल र चीनबीच भौतिक रुपमा नजिक भएजस्तै नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच सिद्धान्त र विचारमा पनि नजिक रहेको बताउनुभयो । नेमकिपा समाजवाद स्थापनाको लागि संघर्षरत देशको कम्युनिष्ट पार्टी हो भन्दै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको कामबाट नेपालले धेरै सिक्न चाहेको विचार राख्नुभयो । नेपालका धेरै विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको सिलसिलामा चीनमा रहेको बताउँदै उहाँले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्रिमा अध्ययन गर्ने अवसर दिएकोमा चिनियाँ सरकारप्रति धन्यवादज्ञापन गर्नुभयो । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले नेपालमा सन् २०२२ मा औपचारिक रुपमा उद्घाटन गरिएको त्रिविवि कन्फ्युसियस इन्स्टिच्युट स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै यो संस्थानले दुई देशबीच भाषा र सांस्कृतिक आदानप्रदानमा जोड दिँदै आएको बताउनुभयो । दुई देशबीच संस्कृति र पर्यटन आदानप्र्रदानमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गर्दै हाल उक्त इन्स्टिच्युटमा ६ जना चिनियाँ शिक्षकहरु कार्यरत रहेको अवगत गराउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ तथा बागीश्वरी कलेजको स्थलगत अवलोकन गर्नुभएका सीन नियनले भक्तपुरमा चिनियाँ भाषा शिक्षणको राम्रो अवसर छ भन्नुभयो । भक्तपुरमा चिनियाँ भाषाको शिक्षालाई अगाडि बढाउन सके दुई देशबीचको कला, संस्कृति र साहित्यलाई पनि सँगसँगै अगाडि बढाउन टेवा पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकासँग विभिन्न विषयमा सहकार्य गरी अगाडि बढ्न आफूहरु उत्सुक रहेको बताउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्ष निर्देशक बलराम दुवाल, चिनियाँ स्वयम्सेवक शिक्षक लुओ चिमेई र चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवालको पनि उपस्थिति रहेको थियो । नगर प्रमुख प्रजापतिले निर्देशक सीन नियनलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।  

Read More

वडा नम्बर ९ स्थित सलां गणेश मन्दिर पाटी उद्घाटन

भक्तपुर भक्तपुर नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण सम्पन्न भई शनिबार विशेष समारोहबीच उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय उपभोक्ता समितिको पहलमा सम्पन्न पाटीको उद्घघाटन गर्नुभएको हो| नगर प्रमुख प्रजापतिले भक्तपुर सम्पदाको सहर भएकाले सम्पदा संरक्षणमा नगरपालिका विशेष प्राथमिकताका साथ लागिरहेको बताउँदै अरनिको सभा भवन र दरबार क्षेत्रका अन्य सम्पदाहरूको पुनः निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँले जनताको सहभागितामा सम्पदा जगेर्ना कार्य भइरहेको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले देशकै लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरिरहेको र स्थानीय विकासका लागि शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा निरन्तर सेवा दिइरहेको उल्लेख गर्नुभयो। भक्तपुरको विकासमा सबैको साथ र सहयोग रहेको बताउँदै उहाँले नगरपालिकाले जनताको सहजताको लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताउनुभयो कार्यक्रममा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्वले पाटी पुनः निर्माण कार्यको आर्थिक हिसाब किताब पारदर्शी बनाउन सार्वजनिक सुनुवाइ कार्यक्रमको खाँचो रहेको बताउदै प्रत्येक वडाले एउटा सम्पदा निर्माण कार्यलाई जोड दिदै आएको बताउनुभयो । पाटीलाई पुरानै शैलीमा निर्माण गर्ने कोसिस गरेको बताउदै यो फल्चा करिव ३ सय वर्ष पुरानो रहेको बताउनुभयो । उहाँले हाल उपभोक्ता समिति मार्फत सलाँ गणेश जिर्णद्वार सँगै पोखरीको वरपरको सौन्दर्यीकरण पनि सँगै अगाडि बढाइने जानकारी दिनुभयो। भक्तपुर नगरपालिकाका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले वि. स. २०७२ सालको भुकम्पले क्षती भएको पाटी लामो समयको प्रयासपछि पाटी निर्माण सम्पन्न भएको बताउनुभयो। सलाँ गणेश पोखरी उपभोक्ता समितिका अध्यक्ष श्यामकृष्ण लवजुले ५४ लाख रुपैयाँ लगत इस्टिमेतमा सला गणेश पोखरी जिर्णोद्वार भैरहेको र हालसम्म करिव ७० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो । सलाँ गणेश मन्दिर पछाडिको पाटी उपभोक्ता समितिका कोषाध्यक्ष रत्ना चवालले पाटी निर्माणमा हालसम्म १९ लाख ६४ हजार ५१२ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभयो। कार्यक्रममा पुर्व वडा सदस्य एव सलाँ गणेश मन्दिर पछाडिको पाटी पुनः निर्माण समितिका अध्यक्ष जगतलाल मानन्धरले धन्यवाद व्यक्त गर्नुभएको थियो ।  

Read More

सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सबै वडाका वडा सचिव र कर्मचारीहरुलाई बायो—मेट्रिक भेरिफिकेशनमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ दर्ता गर्नेसम्बन्धी अभिमखुकीरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतले सेवाग्राहीको माग, आवश्यकता तथा प्राथमिकता पहिचान गरी नगरपालिकाबाट प्रवाहित हुने सेवा सुविधालाई सहज र सरल ढंगले सेवा प्रवाह गर्न कर्मचारीहरुले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो । प्रमुख प्रजापतिले सेवाप्रवाहको क्रममा देखिने समस्यालाई कानुनी आधार देखाएर सेवाग्राहीलाई प्रष्ट पार्नुपर्ने बताउँदै भक्तपुर नपाले कर्मचारीहरुलाई आवश्यकताको आधारमा क्षमता अभिवृद्धि तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । वडा कार्यालय भनेको जनताबीच नजिक जनसम्पर्क हुने ठाउँ हो भन्दै उहाँले कर्मचारीहरुले आफ्नो शैक्षिक योग्यतालाई निखार्दै आफूलाई विज्ञको रुपमा विकास गर्दै लान प्रेरित गर्नुभयो । भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जनप्रतिनिधि र कर्मचारीसँग जनताको नजिकको सम्बन्ध रहने हुँदा सेवाग्राहीहरुलाई सरल र सहज ढंगले सेवा प्रवाह गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । कर्मचारीहरुले नपाको ऐन, नियम, कानुन तथा नियमावलीहरु राम्रोसँग अध्ययन गरी जनतालाई सेवाप्रवाहमा सहजता प्रदान गर्नुपर्ने बताउँदै उहाँले कर्मचारीहरुमा व्यवहारिक पक्षमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । कार्यपालिका सदस्य एवम् महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले भक्तपुर नपाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थित, प्रभावकारी र पारदर्शी ढंगले वितरणमा जोड दिँदै आएको बताउनुभयो । वडा सदस्य हेरा ख्याजूले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुभएकोे उक्त कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।  

Read More

इन्जिनियरिङका ५९ जना विद्यार्थीलाई रु. २८ लाख ६४ हजार ६५८ रुपियाँ बराबरको छात्रवृत्ति रकम वितरण-ख्वप कलेज

भक्तपुर भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा स्नातक तहमा भर्ना भई हाल दोस्रो, तेस्रो र चौथौ बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई आज एक कार्यक्रमबीच कलेज संचालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले कलेजले नियमित रुपमा विद्यार्थीहरुलाई प्रदान गर्दैै आएको छात्रवृत्तिले धेरै विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्न अवसर पाएको बताउनुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले विद्यार्थीहरुलाई प्रोत्साहनस्वरुप वार्षिक ४ करोड २५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उहाँले छात्रवृत्ति सँगै नगरपालिकाले सहुलियत दरमा शैक्षिक ऋण समेतको व्यवस्था गर्दै आएको बताउनुभयो । देशको लागि योग्य र सक्षम नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयका ७ वटा कलेजहरु सञ्चालनमा ल्याएको बताउँदै देशको चिन्तन गर्ने नयाँ पुस्ता अहिलेको आवश्यकता भएको बताउँदै देशको भविष्य युवामा निहित हुने भए पनि नेपालका दक्ष नागरिकहरु विदेशिने क्रम बढेसँगै देश विकासको सम्भावना पनि पछाडि धकेल्दै गइरहेको छ भन्दै उहाँले युवाहरु विदेश पलायन हुनुमा सरकारको नीतिले पनि धेरै प्रभाव पारेको बताउनुभयो । विदेशमा क्षणिक सुख होला तर आत्मसन्तुष्टि कहिले नहुनु बताउनु हुँदै विदेशमा उच्च शिक्षा हासिल गरेर स्वदेशमै सेवा गर्नुपर्ने बताउनुभयो । अर्को एक प्रसंगमा सरकारले आ. व. २०८२/८३ को बजेटमा आगामी २ बर्षभित्र चामल र दालमा आत्मनिर्भर बन्ने योजना सुन्दा राम्रो लागेपनि तथ्यमा आधारित नरहेको बताउनुभयो । ३० बर्ष अगाडि चामल निर्यात गर्ने देशमा अहिले आयात गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै कृषिको लागि आवश्यक मलखाद्य उपलब्ध गराउने, स्वदेशमै रसायनिक मल कारखाना स्थापना गर्नुपर्ने, कृषकलाई आधुनिक उत्पादन प्रणाली सम्बन्धी तालिम दिनुपर्ने बताउनुभयो । “सरकारले सस्तो लोकप्रियताको लागि आकर्षक नीति तथा कार्यक्रम संचालन गर्नुभन्दा तथ्यमा आधारित भएर योजना अगाडि बढाउनु पर्छ । प्रमुख प्रजापतिले भन्नुभयो । चिनियाँ बैज्ञानिक युआन लङपिङले सन् १९७० को दशकमा पहिलो हाइब्रिड धानका प्रजातिहरु विकास गरी करौडौं जनतालाई भोकमरी र गरिवीबाट छुट्कारा दिलाएको चर्चा गर्नुभयो । स्वास्थ्य विमाको लागि छुट्याएको बजेट अपुग भएको चर्चा गर्दै यो आ.व.मा विभिन्न अस्पतालहरुको अझै पनि २६ अर्ब स्वास्थ्य विमाको रकम भुक्तानी गर्न बाँकी भएको बताउनुभयो । स्वच्छ पानी खाने हो भने रिजभायर सफा हुनुपर्छ । प्रमुख प्रजापतिले भन्नुभयो । “कुलिङ पिरियड” सम्बन्धी त्रुति कानुन निर्माण गर्ने स्थल संसदबाट हुनु गम्भिर विषय भएको बताउनुभयो । हाल पत्र पत्रिकामा आइरहेका विविध भ्रष्टाचारका समाचारहरुमा प्राविधिक इन्जिनियरिहरुको संलग्नताका समाचारहरु आइरहने चर्चा गर्दै अनैतिक काम गरेर पैसा कमाउने भन्दा पनि देश र समाजको सेवाकै निम्ति काम गर्नुपर्ने सुझाव दिनुभयो । भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवं छात्रवृत्ति सिफारिस समितिका संयोजक श्री रविन्द्र ज्याख्वले छात्रवृत्ति रकम प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिँदै ख्वप कलेज अफ इन्जिनियरिङलगायतका कलेजहरु स्थानीय सरकार र नगरबासी जनताको करबाट सञ्चालित गैरनाफामूलक सरकारी कलेज भएको बताउनुभयो । ख्वप सर्कल अन्तर्गतका कलेज र अन्य कलेजहरुबीचको भिन्नताबारे प्रष्ट पार्दै उहाँले यी कलेजहरु विद्यार्थी र अभिभावकहरुको विश्वसनीय कलेजको रुपमा सञ्चालनमा रहेको बताउनुभयो । कलेजले आर्थिक रुपले कमजोर तथा अध्ययनमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको बताउँदै विद्यार्थीले देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा कलेजका प्राचार्य ई. सुनिल दुवालले आर्थिक कारणले विद्यार्थीको अध्ययनमा समस्या नहोस् भनी भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरुले गरिब र जेहेनदार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँले ख्वपका विद्यार्थीले कार्यस्थलमा उच्च नैतिकता तथा इमान्दारीता कायम गरेको उदाहरण प्रस्तुत गर्दै छात्रवृत्ति रकम सदुपयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा लेखा शाखा प्रमुख काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो । कार्यक्रममा दोस्रो, तेस्रो र चौथो बर्षमा अध्ययनरत मा भर्ना भई अध्ययनरत ५९ जना विद्यार्थीहरुलाई रु. २८ लाख ६४ हजार ६५८ रुपियाँ बराबरको छात्रवृत्ति रकम वितरण गरिएको थियो ।  

Read More

शिक्षकहरुको मेहेनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पुर्याउने

भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सरस्वती विद्यागृहमा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई र मायाको चिनो वितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले शिक्षकहरुको मेहेनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पुर्याउने बताउँदै सरस्वती विद्यागृहलाई प्रतिष्ठित विद्यालयको रुपमा स्थापित गर्न नेतृत्वमा बस्नेहरु क्रियाशील हुन जरुरी रहेको बताउनुभयो । प्रमुख प्रजापतिले भक्तपुर नपामा यस वर्षको एसईईमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको र यसलाई शत प्रतिशत बनाउन घच्घच्याइरहेको बताउँदै सामुदायिक विद्यालयप्रति अभिभावक र स्थानीय जनताको विश्वास कायम गर्ने ढंगले शिक्षकहरुले मेहेनत गर्नुपर्ने बताउनुभयो । राज्यको धेरै लगानी भएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई राम्रो बनाउने प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुलाई व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्नेतर्फ पनि विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृत्ति र शैक्षिक ऋण जस्ता विद्यार्थी केन्द्रित कार्यक्रम अगाडि सारेको बताउँद्रै उहाँले सामुदायिक र निजी विद्यालयको बीच शैक्षिक भेद अन्त्य गर्ने किसिमले शिक्षा क्षेत्रलाई अगाडि बढाउँदै आएको बताउनुभयो । सबै क्षेत्रमा कानुन विषयको महत्वमाथि प्रकाश पार्दै उहाँले भक्तपुर नपाले भक्तपुरमै शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान, कानुन, नर्सिङ, इन्जिनियरियरिङलगायतका विषय अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउनुभयो । संस्थाको दिगो विकासका लागि व्यवस्थापक, शिक्षक र विद्यार्थी, अभिभावकहरुको संयुक्त पहल र समन्वय आवश्यक भएको उहाँले सोही क्रममा बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सरस्वती विद्यागृहको प्रगतिमा शिक्षक शिक्षिकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यलाई बलियो बनाउन सामुदायिक विद्यालयहरुको शैक्षिक स्तरोन्नतिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा हाल ४९४ जना विद्यार्थी अध्ययनरत रहेको बताउँदै यो संख्यालाई अझ बढाउन सबैको मेहेनत आवश्यक भएको बताउँदै संस्था सञ्चालनको लागि शिक्षक, व्यवस्थापक, विद्यार्थी, अभिभावक र स्थानीय जनताको बराबर भूमिका रहेको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक गनुराज राईले विद्यालयको एसईई नतिजा सन्तोषजनक रहेको बताउँदै विद्यार्थीहरुले परीक्षामा जीपीए धेरै ल्याएर मात्र सफल हुने होइन, व्यवहारिक जीवनमा सफल हुन जरुरी रहेको बताउनुभयो । सामुदायिक विद्यालय समन्वय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षा, मानविकी, व्यवस्थापन जस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई मार्गनिर्देश गर्न जरुरी रहेको बताउँदै सबै विषयहरुको आआफ्नो महत्व छ भन्नुभयो । कमजोर विद्यालयहरुलाई गाँभ्ने सरकारको नीति खोटपूर्ण रहेको बताउँदै उहाँले विद्यार्थीहरुले आज गरेको मेहेनतले भोलिको भविष्य उज्यालो हुने बताउनुभयो । सरस्वती विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष माधव नारायण कोण्डाले एसईईमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु गौरवको विषय भएको बताउँदै एसईई उत्तीर्ण विद्यार्थीलाई अब के विषय, कहाँ अध्ययन गर्ने भन्नेबारे परामर्श गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तपेन्द्र बुढाले विद्यालयले विद्यार्थीको उद्देश्य पूरा गर्न यहाँका अनुभवी शिक्षकहरुको धेरै ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो । कार्यक्रममा सरस्वती विद्यागृह कक्षा १० मा अध्यापनरत शिक्षकहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।  

Read More

राष्ट्रिय कला संग्रहालयको ६५ औं स्थापना दिवस

    भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा राष्ट्रिय कला संग्रहालय भक्तपुरको ६५ औं स्थापना दिवसको अवसरमा आज अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका मूर्त र अमूर्त सम्पदाहरुलाई भक्तपुर नपाले प्राथमिकताको आधारमा संरक्षण र सम्बद्र्धन गर्दै आएको बताउँदै राष्ट्रिय कला संग्रहालयले भक्तपुरको महत्वलाई अझ उँचो राख्ने काम गरेको बताउनुभयो । स्वदेशी र विदेशी पर्यटकको उत्कष्ट गन्तव्यस्थलको रुपमा विकास भइरहेको भक्तपुरलाई रोम र संसारकै जीवित संग्रहालयको रुपमा पनि व्याख्या गर्ने गरिएको बताउँदै उहाँले दरबार क्षेत्रमा अवस्थित न्ह्यकं झ्या दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने विषयमा सहमति भइसकेको र केही प्राविधिक कारणले गर्दा उक्त दरबार पुनःनिर्माणमा ढिलाइ रहेको बताउनुभयो । कृषि, जनजीवन र नेवारी संस्कृतिसम्बन्धी संग्रहालय जिल्ला जिल्लामा सञ्चालन गर्न नेपाल सरकारले जोड दिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपा दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन् गर्ने पक्षमा रहेको बताउनुभयो । प्रमुख प्रजापतिले भाषा, संस्कृति संरक्षण गरी जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले काम गरिरहेको बताउँदै उहाँले विद्यार्थीहरुलाई सम्पदाको महत्व अध्ययन अध्यापन गराउन स्थानीय पाठ्यक्रमको निर्माण गरी सबै विद्यालयहरुमा लागू गर्दै आएको बताउनुभयो । कार्यक्रमका सभापति एवम् पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले संग्रहालयको व्यवस्थापनमा पुरातत्व विभागले गरेका गतिविधिमाथि प्रष्ट पार्दै पुरातत्व विभागअन्तर्गत पर्ने सातवटा संग्रहालयमध्ये भक्तपुरको कला संग्रहालय विशेष महत्वको रहेको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले संग्रहालयले भक्तपुर नगरपालिकासँग सहकार्य गरी आगामी दिनमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा समीक्षा गर्नुपर्छ भन्नुभयो । भक्तपुरको कला संग्रहालय अन्य संग्रहालय भन्दा कलात्मक विशेषतायुक्त रहेको बताउँदै उहाँले संग्रहालयले समाजको चित्रण गर्ने हुँदा अझ व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय भएको बताउँदै यसको संरक्षण र सम्बद्र्धन तीन तहकै सरकारको साझा दायित्व हो भननुभयो । उहाँले मल्लकालीन अवस्थादेखि रहेका संग्रहालयका कला कृतिहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लानु आवश्यक भएको बताउँदै उहाँले भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका र स्थानीय समुदायको ठूलो भूमिका रहेको बताउनुभयो । इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले सिंहध्वाका लायकूको दायाँ र बायाँमा अवस्थित राष्ट्रिय कला संग्रहालय भक्तपुरमा विश्वमै नभएका अतुल्य सम्पदाहरु रहेको बताउँदै नेपाल चिनाउने सम्पदा संरक्षणमा सबैको अग्रसरता आवश्यक भएको बताउनुभयो । राष्ट्रिय कला संग्रहालय भक्तपुरको इतिहास हेर्ने ऐना हो भन्दै उहाँले संग्रहालयले भक्तपुरको ऐतिहासिक महत्वलाई अझ उजागर गरेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कला संग्रहालय भक्तपुरका प्रमुख जयन्ती श्रेष्ठले संग्रहालय स्थापनाको इतिहासबारे प्रष्ट पार्दै राष्ट्रिय कला संग्रहालय भक्तपुरमा हाल धातुकला, चित्रकला, प्रस्तरकला र काष्ठकलाका २१०० वटा कलात्मक वस्तु संग्रहित रहेको बताउनुभयो ।  

Read More
Back To Top