05
Jun
राय सुझाव संकलन भक्तपुर भक्तपुर नगरपालिकाले आगामी आ.व. २०८३।८४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने क्रममा महिलाहरुबाट राय सुझाव संकलन ग¥यो । कार्यक्रममा सहभागी महिलाहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, सीपमूलक तालिम, उद्यम विकास, सामाजिक सुरक्षा र महिलाहरुको समस्या आदिबारे विभिन्न सुझावहरु प्रस्तुत भएका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले नगरपालिकाले हरेक वर्ष जनतासँग प्रत्यक्ष रुपमा सुझाव संकलन गर्दै आएको बताउनुभयो । वडास्तरबाट, नगरपालिकामा आयोजना गरिने भेला र अनलाइन माध्यमबाट समेत नगरबासीहरुबाट सुझाव संकलन गर्ने गरिएको जानकारी दिँदै उहाँले जनप्रतिनिधि र नागरिकबीचको सहभागितामूलक सम्बन्धलाई थप सुदृढ बनाउन यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रमबाट प्राप्त सुझावहरुलाई आगामी बजेट तथा…