16
Oct
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका एकाइ समिति भक्तपुरको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले नगरपालिकाले आफ्नो अस्तित्व र पहिचान कायम राख्न जनताको हितमा निःस्वार्थ रुपमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरलाई आदर्श समाज निर्माण गर्ने लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सफाइकर्मीहरूलाई संगठित गर्न सके उनीहरूको कार्यक्षमता र काम गर्ने पद्धतिलाई अझ व्यवस्थित बनाउन सकिने उल्लेख गर्दै सरकारका ऐन–कानुनको परिधिभित्र रहेर जनताको सेवामा समर्पित हुनुपर्ने बताउनुभयो । उहाँले भक्तपुरका किसान तथा श्रमजीवी जनताको श्रमदान र चन्दा सहयोगबाट नगर निर्माण भएको…